२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

वार्षिक समीक्षासँगै इसिडिएफ र सुआहाराद्वारा जनप्रतिनिधिलाई सम्मान

वातावरण संरक्षण तथा विकास मञ्च (इसिडिएफ) र सुआहारा (दोस्रो) कार्यक्रमले वार्षिक समिक्षाकासाथ स्थानीय तहमा निर्वाचित प्रमुखहरुलाई सम्मान गरेको छ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामासहित फुङलिङ नगरपालिका र ८ वटै गाउँपालिकाका अध्यक्षहरुलाई बधाइ तथा सम्मानपत्र अर्पण गरेको इसिडिएफ ताप्लेजुङका अध्यक्ष खड्गबिक्रम सुवेदीले जानकारी दिए।

उनका अनुसार समन्वय प्रमुख लामासहित मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेम, आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) र मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीलाई सम्मानपत्र हस्तान्तरण गरिएको छ। फुङलिङ नगरप्रमुख र अन्य गाउँपालिका अध्यक्षहरुलाई अनुकुल समय पारेर सम्मानपत्र हस्तान्तरण गरिने इसिडिएफले जनाएको छ।

यस्तै सुआहारा (दोस्रो) कार्यक्रमको वार्षिक प्रगति र अवस्थाका बारेमा वातावरण संरक्षण तथा विकास मञ्च (ईसिडिएफ) र सुआहारा (दोस्रो) कार्यक्रमका फिल्ड कोअर्डिनेटर मनप्रसाद नाल्बोले जानकारी गराए।

कार्यक्रममा मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामा सहित सुआहारा (दोस्रो) कार्यक्रममा कृषि संयोजक इश्वरभक्त घिमिरे, पोषण अधिकृत जगदीस दाससहित इसिडिएफका पदाधिकारी तथा सदस्य, कार्यक्रम निर्देशक र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। मानव अधिकार मञ्च इलामको साझेदारी तथा जिल्ला समन्वय समिति ताप्लेजुङको समन्वयमा यो कार्यक्रम गरिएको इसिडिएफका दीपेन्द्र सुवेदीले जानकारी दिए।

प्रकाशित: २५ असार २०७९ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App