८ वैशाख २०८१ शनिबार
राजनीति

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेस र एमालेको छुट्टाछुट्टै गठबन्धन

जेठ २७ गते हुने कपिलवस्तु जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेस र एमालेले दुई अलग अलग गठबन्धनम बनाएका चुनावमा होमिएका छन्। जिससको निर्वाचनमा कांग्रेस र एमाले गठबन्धबीच नै प्रतिस्पर्धा हुने भएको हो।

कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (माओवादी केन्द्र)लाई साथमा लिएको छ भने, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरेको छ। १० स्थानीय तह रहेको जिल्लामा जिसस चुनावको लागि २० मत छ।

पालिकाका प्रमुख र उपप्रमुख यसका मतदाता रहने प्रावधान अनुसार कांग्रेस गठबन्धनसंग ११ मत छ भने, एमाले गठबन्धनमा ९ मत रहेको छ। कांग्रेस गठबन्धनमा प्रमुखमा कांग्रेसका ज्ञान बहादुर कार्की र उप–प्रमुखमा जसपाका बिरेन्द्र प्रताप गडेरिया उम्मेदवार छन्।

यस्तै सदस्यहरुमा कांग्रेसबाट मनोहर धुनिया, सुनिता चमार, ताहिरा खातुन, माओवादीबाट सदस्यहरुमा मीना हरिजन, राजेन्द्र कुमार कुर्मी उम्मेदवार छन्। जसपाबाट सदस्यमा रामु अहिर र सन्ध्या पौडेल उम्मेदवार रहेका छन्। एमाले गठबन्धनमा प्रमुखमा एमालेका बाबुराम आचार्य र उप–प्रमुखमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन्।

यस्तै सदस्यहरुमा एमालेबाट सुमित्रा दमै, सकुन्तला भण्डारी, कमला पौडेल, यार महोम्मद उम्मेदवार छन्। राप्रपाबाट सदस्यमा राहुल हलुवाई, ईन्द्रावती पासी र लोसपाबाट सदस्यमा राजु कलवारले उम्मेद्वारी दिएका छन्। जिससमा एक प्रमुख एक उप प्रमुख र ७ जना सदस्य गरी ९ जना निर्वाचित हुने प्रमुख निर्वाचन अधिकृत तजेन्द्र शर्माले बताए।

प्रकाशित: २५ जेष्ठ २०७९ ०५:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App