२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एस र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदमा गठबन्धनतर्फ नेकपा (एकीकृत समाजवादी)का छिरिङ लामा विजयी भएका छन्। कूल १८ मतदातामध्ये १० मत प्राप्त गरेर उनी विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका घनेन्द्र मादेनले ८ मत ल्याए।

नौं स्थानीय तह रहेको गठबन्धनतर्फ नेपाली कांग्रेसका ६, माओवादीका ५ र नेकपा एसका १ मतदाता रहेका थिए भने एमालेका ६ मतदाता थिए। गठबन्धनतर्फको २ मत एमाले उम्मेदवार मादेनको पक्षमा गएको छ। समन्वय समितिको उपप्रमुखमा नेपाली कांग्रेसका कृष्णप्रसाद लिङखिम लिम्बू निर्विरोध निर्वाचत भइसकेका छन्।

जिल्ला समन्वय समितिका ७ जना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन्। दलित वा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका सन्तोष राई, महिलातर्फ कांग्रेसका चन्द्रकला दाहाल, सविता लिङदेन र हेमन्ता पौडेल मिश्र तथा अन्य नेकपा एसका रवीन्द्रकुमार वनेम, माओवादी केन्द्रका भूपाल मादेन र कांग्रेसका बिष्णुप्रसाद तिवारी निर्वाचित भएको मतदान अधिकृत मुक्तिनाथ सुबेदीले जानकारी दिए।

सदस्यमा निर्वाचित सबैले समान १२–१२ मत प्राप्त गरे। वनेम कांग्रेसका भएपनि स्थानीय तहको निर्वाचनमा उनी कलम चिन्हबाट वडा सदस्यमा निर्वाचित भएका छन्। गठबन्धन दलहरुबीच नेकपा माओवादी केन्द्रले समन्वय प्रमुख र नेकपा एसले उपप्रमुख पाउने सहमति बनेपनि माओवादी केन्द्रबीचको आन्तरिक द्वन्दका कारण मनोनयनको दिन समीकरण बद्लिएर नेकपा एसले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने सहमति बनेको थियो।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App