२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिल्ला समन्वय समिति गोरखामा माओवादी उम्मेदवार सर्वसम्मत

जिल्ला समन्वय समिति गोरखामा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भएका छन्। समन्वय प्रमुखमा गोरखा नगरपालिकाका मोहनबहादुर थापा मगर, उपप्रमुखमा शहीद लखनथापा गाउँपालिकाकी लिला परियार चयन भएका हुन्।  

यस्तै सदस्यहरुमा बारपाक सुलिकोटका मोहन ढकाल, भिमसेन थापा गाउँपालिकाका मोहम्मद हकिम, गण्डकी गाउँपालिकाका शिवप्रसाद रेग्मी, अजिरकोट गाउँपालिकाबाट इन्दिरा देवकोटा, सिरानचोक गाउँपालिकाबाट मिरा उपरकोटी, धार्चे गाउँपालिकाबाट परमिना घले, पालुङटार नगरपालिकाबाट गंगाबहादुर बयलकोटी चयन भएका छन्।  प्रमुख, उपप्रमुख सहित सदस्यहरुमा एकल उम्मेदवारी परेपछि सवै पदमा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत चयन भए।  

११ वटा स्थानीय तह रहेको गोरखामा जिल्ला समन्वय समितिमा मतदाता पालिका अध्यक्ष र उपाध्यक्ष गरी २२ जना हुन्छन्। उम्मेदवार बन्न भने गाउँ तथा नगर सभा सदस्यहरुले पाउनेछन्। २२ मध्ये माओवादी केन्द्रबाट बिजयी बनेका १५ जना प्रमुख उपप्रमुख छन् भने कांग्रेसबाट बिजयी ७ जना मात्रै छन्। माओवादी केन्द्रको दोब्बर मतदाता रहेकाले कांग्रेसले समन्वय समितिमा उम्मेदवारी दिएन।  

नव निर्वाचित समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरलाई मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले सोमवार एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन्। जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख थापा मगरले उपप्रमुख र सदस्यहरुलाई सपथ ग्रहण गराए। मुख्य निर्वाचन अधिकृत बरालले निर्वाचित सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेका थिए।  

प्रकाशित: ३० जेष्ठ २०७९ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App