१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिसस रुपन्देहीको प्रमुखमा काँग्रेसका चपाई

जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा नेपाली काँग्रेसका उमाकान्त चपाई निर्वाचित भएका छन्। आज (शनिबार) भैरहवामा भएको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी (लोसपा) को गठबन्धन नै विजयी भएको हो।

नेपाली काँग्रेसका चपाईले २० मत ल्याइ समन्वय समिति प्रमुखमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर घर्तीले १२ मत ल्याए। जिसस उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामकृपाल धोबीले १६ मत ल्याइ विजयी भए। एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत ल्याइन। एक मत बदर भएको थियो।

महिला सदस्यमा काँग्रेसकी बिष्णुमाया सुवेदी जयसवालले १८ मतसहित विजयी भइन्। दलित तथा अल्पसंख्यकबाट काँग्रेसकै राजमनप्रसाद हरिजनले २० मत, सदस्यमा काँग्रेसबाटै अब्दुल मोकिम मुसलमानले २० मत, ऋषिराम बस्यालले १९, लोसपाका मुकेशकुमार पाण्डेले १८, नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ ल्याइ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए।

१६ वटा पालिका रहेको रुपन्देहीमा प्रमुख र उपप्रमुखको गरी ३२ मत थियो। नवनिर्वाचित जिसस प्रमुख चपाईले जनतालाई साथमा लिएर आफ्नो दायित्व जम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने बताए।

प्रकाशित: ४ असार २०७९ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App