७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कृत्रिम अभाव देखाएर खाद्यान्नको मूल्य बढाउँछन् व्यापारी

बजारमा जेजति मूल्य भए पनि नकिनी सुखै छैन। जति मूल्य भन्यो ऋण निकालेरै भए पनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यान्न, नुन, तेल, साबुन, दाल, तरकारीहरू किनेरै खाने गरेका छन्। बजारमा व्यापारीले मूल्य बढाए पनि घटाए पनि नियमित किनेरै खानुपर्ने अवस्था देखिन्छ।

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

कमिसनको चक्करमा कालिकोटमा खाद्यान्न अभाव

कर्णाली लगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमै चामल पाउनबाट वञ्चित भएका छन्।

खाद्यान्नको जोहो गर्न विज्ञको सुझाव, सरकार भन्छ- ‘गम्भीर छौँ’

हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ।

विपन्न परिवारलाई खाद्यान्न सहयोग

कालिकोटको पचालझरना गाउँपालिका ४ का मोहनलाल न्यौपानेको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।अमेरिका निवासी अरुण बाँस्कोटाको आर्थिक सहयोग तथा प्रकृति केसीको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो।

भैरहवा भन्सारबाट १५ अर्ब बढीको खाद्यान्न आयात

चालु आवका ९ महिनामा भैरहवा भन्सारबाट करिब १५ अर्ब बढीको खाद्यान्न आयात भएको छ। व्यापार घाटा करिब डेढ खर्ब नाघेको छ।

बादी र विपन्न समुदायलाई सहयोग जुट्दै

कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मा बादी समुदायको बसोबास छ। गीत गाएर दैनिकी चलाउने यो समुदायसँग काम गरी खानका लागि जमिन छैन। ओत लाग्न पुग्दो घर छैन।

खाद्यान्नको भाउ अचाक्ली बढ्यो

भर्खर मंसिरमा धान भित्र्याएकाले चामलको मूल्य सस्तिनुपर्नेमा उल्टै भाउ बढेको छ। सबै प्रकारका चामलको मूल्य बढेको छ। मैदाको भाउ किलोमा करिब ३० रूपैयाँसम्म बढेको छ।

अवैध रुपमा ल्याइएका ६ लाखको सामग्री बरामद

चोरी तस्करी गरेर भारतबाट ल्याइएका लत्ताकपडा, खाद्यान्न लगायतका सामग्रीहरुले प्रहरीले बरामद गरेको छ।

म्याग्दीको टिमुर बेल्जियम र कोरिया निर्यात

आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्।

किसानलाई हेप्नाको परिणाम

किसानमैत्री नीति ल्याउन, आंशिक र पूर्वकिसानलाई हैन, वास्तविक किसानलाई सहयोग गर्न सरकारलाई दबाब दिए मात्र हाम्रो मुलुक खाद्यान्न परनिर्भरताबाट मुक्ति पाउने मार्गमा उन्मुख हुनेछ।

भोकमरीबाट बच्न वैकल्पिक खेती

रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ। दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ।

खाद्यान्न आयातको व्यापार खाडल

नेपाल व्यापार एकीकरण रणनीतिले निर्यातयोग्य वस्तुको सूचीमा राखेका धेरैजसो कृषि वस्तु नै छन् तर निर्यातयोग्य वस्तुका उत्पादन बढाउन सरकारको ध्यान जान सकेको देखिँदैन्।

सुनसरीमा १५ हजार टनको भण्डारण गृह सञ्चालन हुँदै

कम्पनीले पर्सा र कपिलवस्तुका भण्डारण गृह निर्माणको अन्तिम चरणमा रहेकोे र छिट्टै सञ्चालनमा हुने क्रममा रहेको जनाएको छ। कम्पनीका अनुसार यी खाद्यान्न भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा दिइनेछ। अहिलेसम्म भण्डारण गृह नहुँदा किसानले आफ्ना उत्पादन सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता थियो। अब किसानले केही महिना भण्डारण गृहमा राखी महँगो मूल्यमा बिक्री गर्न सक्नेछन्।

अब खाद्यान्न ढुवानी सहजः अल्पकालीन अन्तरिम आदेश खारेजी

खाद्यान्न ढुवानी गर्ने ठेक्का आफूले नपाएपछि समिट एअरले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ढुवानी व्यवस्था सहज हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्