२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विपन्न परिवारलाई खाद्यान्न सहयोग

कालिकोटको पचालझरना गाउँपालिका ४ का मोहनलाल न्यौपानेको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ।अमेरिका निवासी अरुण बाँस्कोटाको आर्थिक सहयोग तथा प्रकृति केसीको समन्वयमा खाद्यान्न सहयोग गरिएको हो। 

२ वर्षका मनिष न्यौपानेको हातको उपचारकोलागि आर्थिक अभाव भएपछि डाक्टरले पैसा उठाएर उपचार गरेको समाचार नागरिक दैनिकमा  प्रकाशित भयपछि उक्त समाचार  पढेर अमेरिकाबाट खाद्यान्न सहयोग भएको छ।खाद्यान्न सहयोग पर्याप्त भयपछि  परिवारले धन्यवाद दिएका छन् । 

६ जनाको परिवारलाई  ५ कट्टा  चामल  १ कट्टा  दाल १ पेटी तेल केही साबुन राहत दिएका हुन्।समाचारको प्रभावले यो भन्दा पहिले पनि वादि समुदाय र कालिकोटका दलित परिवारलाई खाद्यान्न सहयोग  गरेका थिए। 

समाचार लेखेर  पत्रकार ललित विष्टले  हालसम्म  ३५ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन्  भने तीन जना टुहुरा बालबालिकालाई  निःशुल्क पढ्नको लागि पहल गरेर सुर्खेत र काठमाडौंमा पढ्न पठाएका छन्। उनी नागरिक दैनिकका कालिकोट प्रतिनिधि हुन्। 

प्रकाशित: १९ वैशाख २०८० ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App