४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बादी र विपन्न समुदायलाई सहयोग जुट्दै

कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका-१ मा बादी समुदायको बसोबास छ। गीत गाएर दैनिकी चलाउने यो समुदायसँग काम गरी खानका लागि जमिन छैन। ओत लाग्न पुग्दो घर छैन। बालबालिका पढ्न होइन, दैनिकी चलाउन बजारमा माग्ग्दै हिँड्छन्। कोही बिरामी परे उपचार पाउँदैनन्। राज्यको नजर त झन् यो समुदायतर्फ परेकै छैन। खानेपानी धारा छैन। बिजुली पुगेको छैन।

खानेपानी र खाद्यान्न

लामो समयदेखि खानेपानी समस्या झेल्दै आएका बादी समुदायले आँगनमै खानेपानी पाएका छन्। नागरिकमा समाचार प्रकाशित भएपछि बादी समुदायका १६ घरपरिवारका लागि पानीको धारा पुगेको छ। ‘व्यवस्था फेरियो, अवस्था उस्तै’ शीषैकमा प्रकाशित समाचार पछि अमेरिकामा बस्ने अरूण बाँस्कोटा र प्रकृति केसीले बादी समुदायमा खानेपानी प्रबन्ध गर्नुका साथै खाद्यान्नसमेत वितरण गरेका छन्।

अमेरिकामा रहेका बाँस्कोटाले बादी समुदायको अवस्थाबारेमा समाचार पढेपछि सहयोग गरेको बताए। कालिकोटका बादी समुदायले भोगिरहेका समस्याका बारेमा समाचार पढेपछि सहयोग गर्नुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘१६ घरका लागि खानेपानी र केही छाकका लागि खाद्यान्नको जोहो गरिदिएको हुँ।’

लामो समयदेखि खानेपानी समस्या झेल्दै आएका बादी समुदायले आँगनमै खानेपानी पाएका छन्। नागरिकमा समाचार प्रकाशित भएपछि बादी समुदायका १६ घरपरिवारका लागि पानीको धारा पुगेको छ।

अर्का सहयोगी प्रकृति केसीले सीमान्तकृत समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्। यस्ता समुदायलाई नेपालमा रहेका तीन तहका सरकारले हेर्नुपर्ने हो, समाचार पढ्दा दुःख लाग्यो’, उनले भने, ‘मेरो थोरै सहयोगले उनीहरूलाई केही राहत पुग्छ भन्ने लागेर सहयोग गरेकी हुँ।’

अहिले १६ घरपरिवार बादी समुदायका लागि आँगनमै पानी आइपुगेको छ। अरूण बाँस्कोटा र प्रकृति केसीले नेपालका विभिन्न जिल्लाका अनाथ, अपांग, टुहुरालाई सहयोग गर्दै आएका छन्।

बालकको उद्धार

खाँडाचक्र नगरपालिका–२ को भाटाकाटियाँका दलित समुदायका एक बालकको काठमाडौंको एक स्कुलले उद्धार गरेको छ। आमाबुबाको निधन भएपछि दिदीको सहारामा रहेका दलित परिवारका ११ वर्षीय बालक दिनेश नेपालीको काठमाडौंको एआइएमएस एकेडेमी लगनखेलले उद्धार गरेको हो।

खाँडाचक्र नगरपालिका-२ का हसिंगे दमाईको सात वर्षअघि मृत्यु भएको थियो। दुई वर्षअघि उनकी पत्नी जसुदा दमाईको पनि मृत्यु भयो। हसिंगे र जसुदाबाट जन्मिएका सात सन्तानमध्ये पाँच सन्तान सहाराको खोजीमा छन्। तीमध्ये एक बालकको उद्धार भएको हो। उनलाई अमेरिकामा बसोबास गर्ने अरूण बाँस्कोटा र प्रकृति केसीले काठमाडौंमा निःशुल्क पढ्ने व्यवस्था मिलाएका हुन्।

खाँडाचक्र नगरपालिका–२ को भाटाकाटियाँका दलित समुदायका एक बालकको काठमाडौंको एक स्कुलले उद्धार गरेको छ।

उक्त परिवारलाई खाद्यान्न सहयोग पनि गरिएको छ। अति विपन्न, अनाथ तथा दलित समुदायका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरिएको हो। अमेरिकाबासी प्रकृति केसीले नागरिककर्मीसँगको सहकार्यमा खाद्यान्न वितरण गरेकी हुन्।

११ वर्षीय बालक दिनेश नेपालीका आमा–बुबा गुमाएर सहाराको खोजीमा रहेका पाँच दिदीभाइलाई केही राहत होस् भन्ने उद्देश्यका साथ उनीहरूलाई खाद्यान वितरण गरिएको हो।

अति विपन्न, अनाथ तथा दलित समुदायका बालबालिकाका परिवारलाई खाद्यान्न वितरण गरिएको हो। अमेरिकाबासी प्रकृति केसीले नागरिककर्मीसँगको सहकार्यमा खाद्यान्न वितरण गरेकी हुन्।

केसीले चामल, दाल, नुनलगायत दैनिक उपभोग्य सामान सहयोग गरेकी हुन्। अरूण बाँस्कोटाको आर्थिक सहयोगमा कालिकोटकै १७ वर्षीया किशोरीलाई पनी नगद सहयोग गरिएको छ। घरेलु हिंसाको पीडामा रहेकी किशोरीलाई नगद सहयोग गरिएको हो।  

प्रकाशित: १७ वैशाख २०८० ०२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App