२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड भन्छन्: देश समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा छ, तर एक्लैदुक्लै सकिन्न

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी आफ्नो काँधमा भएको बताएका छन्। बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा पत्रकारसँग कुराकानी गर्दै देशको जिम्मेवारी आफ्नो काँधमा भए पनि त्यो जिम्मेवारी एक्लैले पूरा गर्न नसकिने बताएका हुन्। 

‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ,’ प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए। 

‘त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ वटा साना ठुला कम्युनिस्ट घटकहरूलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दै छौँ’, प्रचण्डले अगाडि भने। 

प्रकाशित: २४ पुस २०८२ १७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App