२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

खाडी युद्धका कारण जनजीवन अझ कठिन बन्ने संकेत देखियो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा रहेको बताएका छन्।

पोखरेलले सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको उल्लेख गरेका छन्।

'खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा छन्,' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको छ।'

उनले यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक रहेको बताए। साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्ने सुझाव दिए।

उनले भने, 'यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक छ। साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ। अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैन, यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ। गम्भीर बनौं, सजग बनौं।'

प्रकाशित: २८ फाल्गुन २०८२ ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App