२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

खोप लगाए पनि हुन्छ संक्रमण

चिकित्सकका अनुसार दुवै डोज लगाए पनि कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ।

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।

संक्रमितले अस्पताल भरिभराउ

काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन्।

भत्तामा भेदभाव

केही कर्मचारीले पाउने केहीले नपाउने अवस्था आएपछि कर्मचारीहरुले अस्पताल प्रशासनले जोखिम भत्ता वितरणमा भेदभाव गरेको गुनासो गरेका हुन्।

पशुपंछी उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल बन्दै

पशुपंछीको उपचारका लागि पोखरामा भेटेरिनरी अस्पताल निर्माण गरिने भएको छ । घाईते तथा विरामी पशुपंछीको उपचार गर्ने उद्देश्यले कास्की र तनहुँ गरी प्रदेशका २ जिल्लामा नमूना भेटेरिनरी अस्पताल निर्माण गर्नेगरी बजेट छुट्टिएको थियो ।

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

रोल्पा अस्पतालमा शल्यक्रिया सेवा बन्द

केन्द्र सरकारको सहयोगमा केहि वर्ष यता सुरु भएको जटिल अवस्थाको प्रसुती सेवा ‐सिईओएनसि) कार्यक्रम बन्द भए संगै शल्यक्रिया सेवा पनि राेकिएकाे हाे। शल्यक्रिया सेवा बन्द हुँदा साउनको १५ दिनमा अस्पतालले ३ जनालाई बाहिर जिल्ला रिफर गर्नु परेको छ।

स्वास्थ्य वीमा सेवा झन्झटिलो

स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।

कोभिड मोर्चाका कमाण्डर डा. प्रबिण

बाँकेका २३ बर्षिय एक जना लक्का जवान कोभिडका कारण भेरी अस्पतालको शैयामा छटपटाइरहेका थिए। उनी न बोल्न सक्थे, नत सास फेर्न सक्थे। तर परिवारजन काठमाण्डौँको मेडिसिटी अस्पताल लैजानको लागि हेलिकप्टर चार्टरको पहल थालिरहेका थिए। हेलिकप्टरको टुंगो नलाग्दै युवाको मृत्यु भयो। त्यो दृश्य कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सक डा. प्रबिण गिरीको मानसपटलमा ताजै छ। कोभिडको नाम सुन्ने बित्तिकै उनी त्यो युवाको छटपटिलाई झलझल्ती सम्झन्छन्।

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए।

उपत्यकामा सङ्क्रमण बढेसंगै अस्पताल भरिए

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन्। पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन्।

आठ जिल्ला अस्पतालमा वृहत अक्सिजन प्लान्ट जडानको तयारी

जोखिमलाई तत्काल न्यूनीकरण र उपचार सेवालाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका १३ जिल्ला अस्पतालमध्ये ८ वटाको अस्पताल परिसरमा वृहत अक्सिजन प्लान्ट जडान गर्ने कार्य अघि बढाइएको छ।

एक्सरेको पालो नआएपछि कोसी अस्पतालका सेवाग्राही आन्दोलित

कोटा प्रणालीका कारण भिडियो एक्सरे गर्ने पालो नआएको भन्दै उपचारका लागि कोसी अस्पताल आएका सेवाग्राही आन्दोलित बनेका हुन्।

२ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर संक्रमित पुगे अस्पताल

स्वास्थ्यमा समस्या आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा आइपुगेका राई थरका (नाम गोप्य राखिएको) संक्रमितलाई शनिबार २ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर उपचारमा लगिएको हो।

आधारभूत अस्पतालका लागि डिपिआर पेश गर्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्