४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

केही दिन मै संचालनमा आउँदै

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए। फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा मार्फत १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो।  

गत असार ८ गते कामको संझौता भई असार मसान्तसम्म काम सकाउने समयसीमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जाडेले बताए। ठेकेदार कम्पनीले सो मेशिन जडान जिसि रिसर्च एन्ड डेभ्लपमेन्टलाई जिम्मा दिएको थियो। सो कम्पनीका इन्जिनियर देबेन्द्र श्रेष्ठले जडानको काम सकिएकाेले बताए।  

प्लान्टको पाईपमा केही समस्या देखिएको र त्यो फेर्ने बित्तिकै प्लान्ट संचालनमा आउने उनले बताए। चाईनाबाट ल्याइएको सो प्लान्टले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन गर्ने श्रैष्ठले बताए। प्लान्टमा ट्रान्सफर्मर, कम्प्रेशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजिङ फिल्टर रहेको श्रेष्ठले बताए।  

‘अब केही दिन मै प्लान्ट संचालनमा आउँदैछ’, मेसु बन्जाडेले भने, ‘अब जिल्ला मै अक्सिजनको अभाव हुँदैन।’ अस्पतालमा सयभन्दा बढी सिलिन्डर समेत छन्। कोरोनाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडेले दाबी गरे।  

प्लान्टको लागि संघीय सरकारले कपिलवस्तु अस्पताललाई ढेड करोड रकम छुट्टाएको थियो।

प्रकाशित: १९ श्रावण २०७८ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App