८ वैशाख २०८१ शनिबार

प्रसूति सेवामा अब्बल कपिलवस्तु अस्पताल

कपिलवस्तु अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको छ। केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा अब्बल बन्दै गएको हो।

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय

९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा

कपिलवस्तु अस्पतालमा अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ। प्लान्ट निर्माणको काम भइसकेको र केही दिन मै प्लान्ट संचालनमा आउने अस्पतालका मेसु किशोर बन्जाडेले बताए।

कपिलवस्तु अस्पताललाई ११ वटा अक्सिजन कन्सन्ट्रेटर

कोरोना संक्रमितको संख्या बढेसँगै अक्सिजनको अभाव भएपछि १० केजीका ४ र ५ केजीका ७ वटा कन्सन्ट्रेटर दिइएको हो। एक साताअघि नै २ वटा दिइएकोमा थप नौ वटा कन्सन्ट्रेटर मेसिन प्रदान गरिएको हो।

कपिलवस्तु अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।

कपिलवस्तु अस्पतालका मेसु बन्जाडेले लगाए पहिलो खोप

कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका संयोजक दीर्घनारायण पौडेलले रिबन काटेर अभियानको शुभारम्भ गरे।

युएनएफपिएद्वारा कपिलवस्तु अस्पताललाई ३ लाखको स्वास्थ्य सामग्री

कपिलवस्तु अस्पतालालई ३ लाख मूल्यको स्वास्थ्य सामग्री प्रदान गरिएको छ । युएनएफपिएले अस्पताललाई आकस्मिक रुपमा प्रयोग गरिने स्वास्थ्य सामग्री प्रदान गरेको हो । युनएनएफपीएका जिल्ला संयोजक चित्र महतोले सो सामग्री अस्पतालका मेसु किशोर बन्जाडेलाई हस्तान्तरण गरेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्