२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पूर्वाधारले भरिँदै भेरी अस्पताल

दशकौं अघिका पुराना तथा जीर्ण भवनबाट सेवा दिँदै आएको भेरी अस्पतालले चाडै सुविधायुक्त भवन पाउने भएको छ।

नर्भिकले ६ अर्ब लगानी थप्ने

पब्लिक कम्पनीको रूपमा रूपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाउनेका लागि इन्डक्सन प्रोग्राम आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो।

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई सहयोग

खोटाङका एक क्यान्सर बिरामीलाई उपचार खर्च जुटाइएको छ। आन्द्राको क्यान्सरबाट थलिएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई उपचार खर्च जुटाइएको हो।

सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौँतारिँदै

बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो। यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ। अस्पतालमा बन्धक बन्नुपर्दा बच्चाको स्हारसुसार र सहजरुपमा आमाको न्यानो काखमा हुर्कन पाउन समस्या उत्पन्न भएको छ।

प्रदेशको आफ्नै च्यानलबाट कोरोना खोपः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताललाई संघीय सरकारको सहकार्यमा स्तरोन्नति गर्ने योजना छ । २५ देखि ५० शड्ढया र धौलागिरी अस्पताललाई दुईसय शड्ढयाको जनरल अस्पताल बनाउने घोषणा गरिसकेको छ । मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिने प्रदेश सरकारको योजना छ ।

कालोढुसीका कारण चारको मृत्यु, चारको दृष्टि गुम्यो

नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता ढुसीका लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्।

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए। “सवै उपकरणहरु आइपुगेका छन् ।

वन हर्टद्वारा ताप्लेजुङका जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग

वन हर्ट कार्यक्रमले ताप्लेजुङका ९ स्थानीय तहसहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई साढे १२ लाख बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ। वन हर्ट नवजात शिशु र आमाको स्वास्थ्य प्रर्वद्धन,स्वास्थ्यकर्मीहरुको क्षमता विकास र स्वास्थ्य संस्थाहरुको भौतिक पूर्वाधार तथा उपकरणमा सहयोग गर्ने दातृ निकाय हो।

अस्पतालमा कोरोनाबाहेकका बिरामी बढे

एक सातायता वीर अस्पतालमा अन्य बिरामी भर्ना हुने क्रम बढेको हो। अस्पतालमा विभिन्न खाले बिरामी बढ्न थालेपछि कोभिड अस्पतालको सेवा दिइरहेको राष्ट्रिय ट्रमा सेन्टरलाई हटाएर पुरानै सेवा सञ्चालनमा ल्याइएको छ।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन्। यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो।

भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका रहेका छन्।

टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’

परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरिरहेका छन्।

कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालन

कोरोना संक्रमणको कारण जिल्ला अस्पताल बैतडीमा बन्द गरिएको ओपिडी सेवा पुनः सञ्चालन भएको छ।

कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट

जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्