६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई सहयोग

खोटाङका एक क्यान्सर बिरामीलाई उपचार खर्च जुटाइएको छ। आन्द्राको क्यान्सरबाट थलिएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई उपचार खर्च जुटाइएको हो।

कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उप–सभापति बाजिन्द्र बिष्टको पहलमा स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकबाट ३३ हजार रुपैयाँ सहयोग उठेको हो। उठाइएकामध्ये २४ हजार ६५० रुपैयाँ भने सोमबार आइएमई गरेर पठाइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उप–सभापति बिष्टले बताए।

विष्टकै समन्वयमा एनआरएनए महिला फोरम जर्मनीकी संयोजक करुणा तुलाधर राईले ४२ हजार सहयोग पठाएकी थिइन्। करुणाले पठाएकामध्ये क्यान्सर पीडित अधिकारीलाई १० हजार र सोही ठाउँका मानसिक बिरामी मनोज तामाङलाई ३२ हजार रुपैयाँ हस्तान्तरण गरिएको बिष्टले बताए। लामो समयदेखि क्यान्सरबाट पिडित अधिकारीको सहयोगार्थ सहयोग रकम संकलन अभियान जारी रहेको छ।  

अधिकारीको उपचारका क्रममा तत्काल १ लाख आवश्यक परेपछि खोटाङ सेवा समाज तथा समाजका सचिव रहेका बिष्टको पहलमा २०७५ साल चैतमा ५७ हजार ५ सय रुपैयाँ सहयोग जुटाइएको थियो। अधिकारी परिवारसहित हाल काठमाडौँमा गुजारा चलाइरहेका अवस्थामा क्यान्सरबाट पीडित भएका हुन्। अधिकारीलाई सहयोग गर्नका लागि तारानाथ अधिकारीको नाममा बैक अफ काठमाडौँको ठमेल शाखामा खोलिएको खाता नं. ०५०१०००१०७७४५२५ मा सहयोग जम्मा गर्न सकिने जनाइएको छ।  

वालिकाको उपचारार्थ सहयोग संकलन 

यस्तै, ज्वरोको समस्याले थलिएकी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी ६ वर्षीय सिर्जना पौडेलको उपचारार्थ आर्थिक सहयोग संकलन गरिएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछि असार २८ गते नोबेल अस्पताल बिराटनगरमा भर्ना गरिएकी बालिकाको उपचारार्थ २२ हजार ५ सय संकलन भएको हो। संकलन भएको रकम बालिकाको आफन्तको नाममा पठाइसकिएको अभियान्ता बिष्टले बताए।  

प्राथमिक स्वास्थ्य केन्द्रले रेफर गरेपछि बिराटनगर लगिएकी सिर्जनाको मुटुमा प्वाल देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । बुवाको मृत्यु भएपछि फरक क्षमताकी आमा बिमला पौडेलको लालनपालनमा रहेकी सिर्जनालाई केही दिनको उपचारपछि शहीद गंगालाल वा टिचिङमा लैजान सुझाव दिइएको छ। 

सिर्जनाको उमेर अनुसार तौल र उचाई नभएको स्वास्थ्यकर्मीले बताएका छन्। सिर्जनालाई अस्पताल पठाउने क्रममा जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले ५ हजार सहयोग गर्नुका साथै एम्बूलेन्समार्फत बंशिलाघाटसम्म निःशुल्क पु¥याउने व्यवस्था मिलाएका थिए। बालिकाको उपचारका लागि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम घर भइ हाल ललितपुर महानगरपालिका–२८ निवासी सेम्याङ राईले पनि ५ हजार सहयोग गरेकी छन्। 

प्रकाशित: ३० असार २०७८ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App