५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रदेशको आफ्नै च्यानलबाट कोरोना खोपः मुख्यमन्त्री पोखरेल

आँधीखोला अस्पतालको शिलान्यास

सेतीदोभानस्थित आँधीखोला अस्पतालको शिलान्यास गरिदैं । तस्बिर नागरिक

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताललाई संघीय सरकारको सहकार्यमा स्तरोन्नति गर्ने योजना छ । २५ देखि ५० शड्ढया र धौलागिरी अस्पताललाई दुईसय शैयाको जनरल अस्पताल बनाउने घोषणा गरिसकेको छ । मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङ्जाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गरिने प्रदेश सरकारको योजना छ ।  

प्रदेश सरकारको स्रोतबाट सबै जिल्ला अस्पतालमा दुईदेखि पाँचशैयाको सघन उपचार कक्ष निर्माण कार्य सम्पन्न गराउन सरकारले बजेट छुट्याएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले स्वास्थ्यका कार्याक्रमलाई प्राथमिकतामा राखेर त्यसै अनुसार बजेट विनियोजन गरेको बताएका छन् । स्याङ्जाको आँधीखोला–५, सेतीदोभानस्थित आँधीखोला अस्पतालको भवन शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नागरिक स्वस्थ भए मात्र परिकल्पना गरिएको समृद्धिले साकार रुप लिने स्पष्ट पारे ।  

५० शड्ढया भएका अस्पतालमा आँखा उपचार सेवा, मृगौलापीडित बिरामीका लागि डायलाइसिस सेवा र ज्येष्ठ नागरिक उपचार वार्ड सञ्चालन गर्ने कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको उनले जानकारी गराए । मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय तहसँगको समन्वय र सहकार्यमा गोरखा जिल्लाको आँपपिपल अस्पताललाई ५० शड्ढयाको बनाउन प्रक्रिया अगाडि बढाईने नीति छ ।’ प्रदेश मातहतको गण्डकी विश्वविद्यालयमा ३ सय ५० शड्ढयाको जनरल, ५० शड्ढयाको मुटु रोग, ५० शड्ढयाको अर्बुद रोग, ५० शड्ढयाको मिर्गाैला रोगसहित ५ सय शड्ढयाको शिक्षण अस्पताल स्थापनाको लागि विस्तृत आयोजना प्रतिवेदन तयार गरिने छ ।  

प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिद गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले भने, ‘संघ सरकारले उपलब्ध गराए त्यसैको व्यवस्थापन हामीले गर्छौ, नभइ प्रदेशकै च्यानल प्रयोग गरेर नागरिकलाई खोप उपलब्ध गराएरै छाड्छौं ।’ कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन, प्रदेश सरकार अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूको क्षमता विकास, पूर्वाधार निर्माण र सेवाप्रवाह सुधारमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।  

संक्रामक तथा सरुवा रोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन निर्माण गरी सेवा सुविधा विस्तार गरिने मुख्यमन्त्री पोखरेलले बताए । दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन एयरलिफ्टिङ कार्यक्रमलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता उनले जनाए । 

अपांगता भएका व्यक्ति, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न वर्गको उपचार सुविधालाई निरन्तरता दिने, क्यान्सर, मुटु, मृगौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीजस्ता रोगबाट पीडित अति गरिब विरामीलाई उपचारको लागि आर्थिक सहयोग गर्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ । 

मुख्यमन्त्रीले भने, ‘यस्ता रोगबाट पीडित बिरामीहरूलाई दोहोरो नपर्ने गरी औषधि उपचारको लागि मासिक ४ हजार रुपैयाँका दरले सुविधा उपलब्ध गराउने छ ।’  प्रदेश मातहतका अस्पतालहरूबाट ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार सुविधा दिइने प्रदेश सरकारले जनाएको छ । आँधीखोलाको सेतीदोभानमा २०६७ सालमा महायज्ञ गरेर जग्गा खरिद गरी आँधीखोला विकास तथा वातावरण स्वच्छता समूह(गार्डेन) को अग्रसरतमा सामुदायिक अस्पताल स्थापना भएको हो । दुईवर्षअघि गाउँपालिकामा अस्पताल हस्तान्तरण भएसँग सेवा ठप्प रहेको गार्डेनका संस्थापक जयराम पौडेलले बताए । नागरिकको उपचारका लागि धेरै दुख गरेर खोलेको अस्पताल सञ्चालनको जिम्मा प्रदेश सरकारले लिन पनि उनले आग्रह गरे ।  

गार्डेनका अध्यक्ष टीकाराम ढकालले धेरै दुख गरेको सञ्चालनमा ल्याएको अस्पताल अहिले अलपत्र हुँदा साह्रै नराम्रो लागेको बताए । पोहोर कोभिडको महामारीका बेला अस्पताललाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो । अहिले भूकम्प पुनर्निमाण प्राधिकरणको लगानीमा ३ अलग भवन बनाउन लागिएको हो । करिब ५ करोड लागतमा ३ वटा भवन बनिसकेपछि उत्कृष्ट सेवा प्रदान गर्न सकिने विश्वास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पौडेलले बताए । गार्डेनका सचिव नवीन ढकालले अस्पतालमा दरबन्दी कायम गर्न र सेवा सुचारु गर्न सहजीकराण्का लागि प्रदेश सरकारसँग आग्रह गरेका थिए । 

प्रकाशित: २० असार २०७८ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App