१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

सवारी दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ विराटनगरमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीबाट उत्तर कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर ३ पीपलचोकमा दुर्घटनामा भएको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गुडिरहेका बेला आफैं अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएर बिहान पौने २ बजेतिर कार दुर्घटना भएको हो।

विराटनगर ५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको उपचारका क्रममा बिहान साढे ६ बजेतिर मृत्यु भएको डिएसपी बस्नेतले बताए। उनका अनुसार कार यादवले चलाएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थिती विराट नर्सिङ होममा भर्ना गरिएको थियो।

कारभित्र चालक मात्रै रहेको खुलेको छ। तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुन सक्ने र शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८१ १३:४७ शनिबार

Vehicle accident Biratnagar 3 Peepal Chowk driver Rajendra Prasad Yadav died