७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भेरी अस्पतालमा एकैरातमा तीन जना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट बाँकेमा एकैरातमा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका रहेका छन्। जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार झिमरुक गाउँपालिका वडा नम्बर ३ प्युठानका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ। 

यही असार १२ गते प्युठानमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि आइतबार(हिजो) भेरी अस्पताल नेपालगन्जमा आएर भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि आइतबार राती १ बजे मृत्यु भएको हो।  

यस्तै दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ११ का ६८ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै मृत्यु भएको छ। दाङमा यही असार २ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि असार ४ गते भेरी अस्पतालमा आएर उनी भर्ना भएका थिए। उपचारकै क्रममा उनको सोमबार(आज) बिहान २ः३५ बजेतिर मृत्यु भएको हो।  

यसैगरी दैलेख आठबिस नगरपालिका वडा नम्बर ४ का ७३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यही असार ९ गते दैलेखमा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएपछि भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए। 

स्वास्थ्य अवस्था झन् गम्भिर बन्दै गएपछि सोमबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए। योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६१ जना र बाँकेका ३ सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

प्रकाशित: १४ असार २०७८ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App