२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

स्टाफ नर्स र एम्बुलेन्स चालकलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

मदन भण्डारी फाउण्डेशनको बैठकले २०७७ सालको सो पुरस्कार नरहरीनाथ गा.पा.४ कालिकोटकी सहकरी र इच्छाकामना गाउँपालिका ३ का गुरुङलाई दिने निर्णय गरेको हो।

रोल्पामा १८ सयले जिते कोरोना

रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ।

असार १३ बाट ताप्लेजुङ अस्पतालले ओपिडीसहितका सेवाहरु सुरु गर्ने

कोरोना संक्रमणको दर केही मथ्थर हुन थालेको भन्दै ताप्लेजुङ जिल्ला अस्पतालले आउँदो आइतबारबाट ओपिडीसहितका सबै सेवा सुचारु गर्ने भएको छ।

अस्पताल पुग्न लाखौंमा हेलिकप्टर चार्टर गर्न बाध्य छन् संक्रमित

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका ६० वर्षीय संक्रमित वृद्धालाई निमोनियाको समस्याले च्यापेपछि मंगलबार हेलिकप्टर चार्टर गरेर काठमाडाैं पठाइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए।

टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।

मोवाइलको उज्यालोमा अप्रेशन गर्नु पर्ने बाध्यताको अन्त्य

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुखले केही समय अगाडि नागरिक दैनिकमा ‘मोवाइल बालेर सुत्केरीको अप्रेशन’ भन्ने समाचार पढेपछि जेनेरेटर किन्नै पर्छ भन्ने लागेको बताउँदै यो सहयोगले अस्पताललाई सेवा प्रवाहमा सहजता आउने बताए।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको शल्यक्रिया

हाडजोर्नी विशेषज्ञ डा. रोकाया यो जुम्ला अस्पतालको लागि निकै जटिल र ठूलो शल्यक्रिया भएको बताउँछन्। उनले भने,‘कर्णाली अस्पतालमा घाँटीको मेरुदण्डको अप्रेशन भएको थिएन। यो पहिलो हो। निकै जटिल शल्यक्रिया गरेर बिरामी निको भएका छन्। हामी यसैमा खुसी छौँ।’

तयार भयो कोभिड विशेष अस्पताल

जनकपुरधाममा मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड १९ विशेष अस्पताल संचालनमा ल्याएको हो। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

अस्पतालमा सङ्क्रमितको चाप घट्दै

कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ।

तयार भयो कोभिड विशेष अस्पताल

जनकपुरधाममा कोभिड १९ विशेष अस्पताल तयार भइ संचालनमा आएको छ । प्रदेश २ सरकारले एक सय बेडको विशेष कोभिड अस्पताल संचालनमा ल्याएको हो।

दिल्ली जानुअघि नेता खनालले ईश्वर पोखरेललाई भने– पार्टी मिलाउनुस् कमरेड

थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन्।

गण्डकी प्रदेशको बजेटः पाँचसय शैयाको शिक्षण अस्पताल बनाइने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल अस्पतालसहित पाँचसय शैयाको शिक्षण अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

कोभिड अस्पताललाई आईसीयु बेड सहयोग

मिचिगनमा बसोबास गर्दै आएका ६ परिवारले बर्दियाको ठाकुरबाबा नगरपालिकाको रानीपुरमा सञ्चालन गरेको कोभिड अस्पतालको लागि ३ वटा आइसीयु बेड खरिद गर्न आर्थिक सहयोग गरेको छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्