१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा १८ सयले जिते कोरोना

रोल्पा अस्पताल । तस्बिर : दिनेश/नागरिक

रोल्पामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ६५ पुगेको छ। जिल्लामा ४ हजार ३ सय ९३ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९ सय ७९ जनामा संक्रमण भेटिएको हो। त्यसो त पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाइएको छ।  

दोस्रो चरणको संक्रमण सुरु भए यता रोल्पामा १८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। यो बाहेक उपचारका लागि रोल्पा बाहिर गएका करिब दर्जन बढीको समेत मृत्यु भईसकेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्क अनुसार अहिले सम्म १ हजार ८ सयले कोरोना जितेका छन्।  

केही दिन यता कोरोना संक्रमणको दर घट्दो क्रममा गएको देखिन्छ। शुक्रबारदेखि निषेधाज्ञा खुकुलो भएसंगै बजार क्षेत्रहरुमा चहलपहल पनि बढ्दै गएको छ।

प्रकाशित: ११ असार २०७८ १०:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App