१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्टाफ नर्स र एम्बुलेन्स चालकलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार भेरी अस्पतालको आइसीयूमा कार्यरत स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, किर्तिपुरमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने भएको छ।

मदन भण्डारी फाउण्डेशनको बैठकले २०७७ सालको सो पुरस्कार नरहरीनाथ गा.पा.४ कालिकोटकी सहकरी र इच्छाकामना गाउँपालिका ३ का गुरुङलाई दिने निर्णय गरेको हो।

उक्त पुरस्कार २०७८ साल असार १४ गते मदन भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने फाउण्डेसनले जनाएको छ। समाजमा सकारात्मक योगदान प्रदान गर्नुहुने विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यस अघि हाँस्य कलाकार महजोडी, शहिद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्रा.डा. सुवोध शर्मालाई प्रदान गरिएको थियो ।  

यसपटक सम्मानपत्रसहित एकलाख धनराशीको पुरस्कार स्टाफ नर्स सुनिता सहकरी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्न लागिएको हो। फाउण्डेशनले जनस्वास्थ्यको क्षेत्र, विशेषतः कोभिड १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपंक्तिमा रही कोभिडबाट संक्रमित बिरामीहरुको सेवामा दिनरात खटेर सेवा गर्नुभएकोमा उहाँहरुको योगदानको उच्च मूल्याङ्क गर्दै यो पुरस्कार प्रदान गर्न लागिएको हो।

प्रकाशित: ११ असार २०७८ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App