१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको बजेटः पाँचसय शैयाको शिक्षण अस्पताल बनाइने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल अस्पतालसहित ५ सय शैयाको शिक्षण अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।  

प्रदेश सरकारले केही महिना अघि मात्रै गण्डकी विश्वविद्यालयको लागि भौतिक पूर्वाधार निर्माण गर्ने शिलान्यास समेत गरिएको थियो । प्रदेश सरकारले ५० शैयाको मुटु रोग, ५० शैयाको अर्बुद रोग, ५० शैयाको मृगौला रोगसहित ५०० शैयाको शिक्षक अस्पताल निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरेको मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट बक्तव्य सार्वजनिक गर्दै सुनाए ।  

मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यविन्दु अस्पताल, तनहुँको दमौली अस्पताल, बाग्लुङको धौलागिरी अस्पताल र स्याङजाको भीरकोट नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नति गर्ने योजना प्रदेश सरकार छ । राजमार्गमा हुने दुर्घटनाका घाईते भएका विरामीको सहज उपचारको लागि ती अस्पतालाई स्तारोन्नति गर्ने तर्फ सरकारको ध्यान गएको हो ।  

संघीय सरकारको सहकार्यमा प्रदेशका ९ वटै जिल्लाका जिल्ला अस्पताललाई २५ देखि ५० शैया र धौलागिरी अस्पताललाई २ सय शैयाको जनरल अस्पताल स्तरोन्नति गरिने छ । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैयाको सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिएको मुख्यमन्त्री नेपालीले बताए ।  

५० शैया भएका अस्पतालमा आँखा उपचार सेवा, मृगौला पीडित विरामीको लागि डायलायसिस सेवा, ज्येष्ट नागरिक उपचार वर्डा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख छ । प्रदेश मातहतका अस्पतालहरुबाट ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार सेवा सुविधा दिईने घोषणा गरिएको छ । त्यसको लागि आवश्यक बजेटमा उल्लेख छ । आधारभूति स्वास्थ्य सेवा सुनिश्चित गर्न ‘स्वास्थ्य बीमा सकारको जिम्मा’ कार्यक्रम सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाइएको अर्थमन्त्री समेत रहेको मुख्यमन्त्री नेपालीले बताए ।  

गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेको गर्भवती सुत्केरी तथा नवजात शिशुको उद्दार गरी सुविधासम्पन्न अस्पताल पुर्याउने एयर लिफ्टिङ कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी बजेट विनियोजन गरेको छ । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसको रोकमाथ नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधनको सुनिश्चित गरेको बजेट बक्तव्यमा उल्लेख छ । ‘प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरीदको लागि आबश्यक बजेटको व्यवस्था गरेको छु,’ उनको भनाई थियो ।  

क्यान्सर, मुटु, मृगौला, सिकलसेल एनिमिया, स्पाईनल इन्जुरी, पार्किन्सन, अल्जाईमर र हेड इन्जुरी जस्ता रोगबाट पीडित अति गरीब विरामलाई उपचारका ेलापग आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ । विरामीलाई मासिक ४ हजारका दरले सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । प्रदेशका मातहतका जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने व्यवस्था मिलाएको मुख्यमन्त्रीले बताए । मुख्यमन्त्रीले आगामाी आर्थिक वर्षको लापगि ३० अर्ब ३ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । 

प्रकाशित: १ असार २०७८ १४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App