८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मंगलवार साँझबाट संचालनमा आएको हो। यससँगै कोराना संक्रमितको उपचारमा केही सहज भएको छ। अक्सिजन प्लान्ट सञ्चालनमा आएको र प्लान्टले २४ घंटामा ७० ओटा ठुला सिलिण्डर भर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जनकारी दिए।

प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो।  गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।  तेस्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए।

हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ। विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो। विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ। अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको अस्पतालले जनाएको छ।‘अक्सिजन प्लान्ट’ औपचारिक शुभारम्भ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, प्रहरी निरिक्षक गणेश खनाल, शसस्त्र प्रहरी निरिक्षक मणिपल्ली मगर, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २७ श्रावण २०७८ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App