१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

२ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर संक्रमित पुगे अस्पताल

टेम्माका संक्रमितलाई चार्टर गरिएको हेलिकप्टरबाट काठ्माण्डौं लैजाने तयारी गरिँदै। तस्बिर सौजन्य: नईन्द्र राई

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका कोभिड संक्रमितलाई हेलिकप्टर चार्टर गरेर अस्पताल लगिएको छ। 

स्वास्थ्यमा समस्या आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा आइपुगेका राई थरका (नाम गोप्य राखिएको) संक्रमितलाई शनिबार २ लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर उपचारमा लगिएको हो। 

शनिबार बिहान अस्थायी कोभिड अस्पतालमा आइपुगेका राईको श्वासप्रस्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर काठमाडौं लगेका हुन्। संक्रमितको अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका गाउँसभा सदस्य अमृत गिरीले बताए। 

संक्रमित राई आफै बाइक चलाएर अस्थायी कोभिड अस्पताल पुगेका थिए। उनलाई अस्थायी कोभिड अस्पतालमा आएपछि परिक्षण गर्दा संक्रमण पूष्टि भएको जनाइएको छ। कोभिड–१९ को महामारीका क्रममा जिल्लाका दर्जनौं संक्रमित अस्पताल पुग्नका लागि हेलिकप्टर चार्टर गर्न बाध्य बनेका छन्।

प्रकाशित: १७ श्रावण २०७८ ०४:४४ आइतबार

हेलिकप्टर चार्टर संक्रमित पुगे अस्पताल