६ आश्विन २०८१ आइतबार
image/svg+xml

गुलरिया नगरपालिकाका चार वडामा कांग्रेस र एमालेको बराबर जित

गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन्।

बुढानीलकण्ठ मेयर र उपमेयरमा एमालेको अग्रता, दोस्रोमा कांग्रेस

दोस्रोमा नेपाली कांग्रेसका विनोद चालिसे र तेस्रोमा नेकपा एकिकृत समाजवादीका वालकृष्ण श्रेष्ठ छन्।

केशव स्थापितले मुस्कानसहित गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।

मेयर उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण

रौतहटको ईशनाथ नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार सन्तोष मेहतामाथि आक्रमण भएको छ।

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताएका छन्।

नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिपक्षी दल नेकपा एमालले नगारिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट भएपनि पारित गर्ने बताएका छन्।

काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन् ।

जनताको तागत देखाउँछौः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका छन्। जनताको तागत बैशाख ३० गतेको निर्वाचनपछिको मतपरिणामले देखाउने अध्यक्ष ओलीले बताए।

ओलीद्वारा जनताको नाममा अपिल (पूर्णपाठसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको नाममा अपिल जारी गरेका छन्। स्थानीय तह निर्वाचन नजिकिंदै गर्दा उनले मतदाताहरुलाई मत दिन आग्रह गर्दै पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरे अपिल सार्वजनिक गरेका हुन्।

पहिले जिल्ला सभापतिलाई हराए, अब केन्द्रीय सदस्यलाई हराउँछुः चिरीबाबु

कांग्रेसले निवर्तमान मेयर चिरीबाबु महर्जनलाई नै अघि सारेको छ भने एमालले चिरीबाबुबाट करिब ३ सय २६ मतले पराजित हरिकृष्ण व्यञ्जनकारनै उम्मेदवार बनाएको छ।

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रचण्डको धम्कीसँग प्रधानमन्त्री देउवा डराए: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीबाट डराएको बताएका छन्।

‘गठबन्धन’ कुहिएको ढोडको लौरो होः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेस नेतृत्वमा बनेको गठबन्धनमा आवद्ध दललाई कुहिएको ढोडको लौराको संज्ञा दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्