८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता सम्बन्धी समस्या समाधान हामीले नै गछौंः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिपक्षी दल नेकपा एमालले नगारिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नदिए अर्को बाटोबाट भएपनि पारित गर्ने बताएका छन्। एमालेले संसद अवरुद्ध गर्दा नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित हुन नसकेको भन्दै उनले नागरिकता नपाएका युवा युवतीहरुलाई निरास नबनाइने बताए।

नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र संम्मिलत गठबन्धनले भैरहवामा गरेको चुनावी सभालाई सम्बोधन गर्दे गृहमन्त्री खाँणले भने ‘यदी प्रतिपक्ष एमालेले कानुन निर्माण नै गर्न नदिन अब पनि संसद अवरुद्ध गरिरहयो भने हामीले नागरिकता सम्बन्धी विधेयकलाई अर्को बाटोबाट भएपनि पास गर्ने छौं।’

गृहमन्त्री खाँणले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरिएको भन्दै राष्ट्र हितका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह पनि गरे। केपी ओलीको प्रतिगमनलाई परास्त गर्दै देशलाई विकासको गतिमा डोर्‍याउन गठबन्धका उम्मेदवारलाई जिउनु आवश्यक रहेको बताए। कुनै पनि तानाशाही प्रवृत्ति अन्त्यका लागि विगतदेखि नै गठबन्धन आवश्यक भएको भन्दै यसपालि पनि जनाधिकार रक्षाकालागि गठबन्धनलाई जिताउनु पर्ने बताए।  

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री भरतकुमार शाहले राजनीतिमा विकास निर्माण कुरा हेरिने तर धर्मको कुरा नहेरिने बताए। नेपाली कांग्रेसले सबै जातजाति, भाष धर्म तथा सम्प्रदायलाई समान रुपले हेर्ने र सबैलाई समेटेर अगाडी बढ्ने बताए। ‘तरकारी उब्जाउने र बिक्री गर्ने किसान कुन जातीको हो भनेर हेरिदैन’ ‘हामी सबै धर्म र जातीलाई समान व्यवहार गर्छौं’ नेता शाहले भने।

गठबन्धनका तर्फबाट सिद्धार्थनगर नगरपालिकाको मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका इश्तियाक अहमद खानले आफू जनताको सेवक भइ स्थानीय सरकारलाई जनउत्तरदायी र जनमुखी बनाउने प्रतिबद्धता जनाए। हाल नगरपालिकामा जनताका काममा ढिलासुस्ती हुने, जनताले तिरेको करको दुरुपयोग गरीएको, भ्रष्टाचार र कमिशनतन्त्र बढेको भन्दै त्यसको अन्त्य गर्ने प्रतिबद्धता जनाए।

हरेक जातजाति धर्म सम्प्रदायको सहअस्तित्व कायम गर्दै सिद्धार्थनगरलाई सफा, सुन्दर र विकसित नगरपालिका बनाउने बताए। ‘सेवाग्राहीको काममा हुने गरेको ढिलासुस्ती, भ्रष्टाचार, कमिशनतन्त्रको विरुद्ध मेरो उमेदवारी हो। मानव सेवालाई मुल मन्त्र बनाएर हरेक धर्म जाती र सम्प्रदायको समान ढंगले सेवा गर्नु मेरो परम दायीत्व हो’ मेयरका उम्मेदवार खानले भने।

उनले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य, रोजगार, प्राविधिक शिक्षालयको स्थापना, हरियाली, फोहरको उचित व्यवस्थापन, पर्यटन, बालमैत्री नगर, असाहाय तथा बृद्धकालागि योजना, कृषिको व्यवसायिक विकासका लागि महत्वपूर्ण योजना ल्याएर काम गर्ने बताए। यस्तै गठबनधनको तर्फबाट उपमेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कमला थापाले नगरको मुहार फेर्न आफू दिनरात नभनेर जनताको  सेवामा खटिने बताइन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हकिकुल्लाह खाँण, नेपाली कांग्रेसका क्षेत्रीय सभापती सुशिल गुरुगं, कांग्रेसका नगरसभापति कोशिश खड्का र मओवादी केन्द्रका नगर अध्यक्ष नारायणबहादुर हमाल लगायतले बोल्दै गठबन्धनको जित सुनिश्चित भएको बताए।

प्रकाशित: २७ वैशाख २०७९ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App