coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आज ओली चितवन आउँदै

नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नेकपा एमालेको जनसभा र चुनावी तयारीबारे जानकारी दिने उद्देश्यले एमालेको जिल्ला प्रचार विभागले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावी सभाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको हो।

सभामा भरतपुर महानगरका २९ वटै वडाबाट कार्यकर्ता उपस्थित हुने एमाले चितवनले जनाएको छ। सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा वादल, सुरेन्द्र पाण्डे लगायतका केन्द्रीय नेताहरु र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले सम्बोधन गर्नेछन्।

भरतपुरमा एमालेले राप्रपासंग चुनावी तालमेल गरेको छ। एमालेले प्रमुख पदमा विजय सुवेदीलाई उठाएको छ भने, राप्रपाबाट हिमला गुरुङले उपप्रमुखमा उम्मेदवारी दिएकी छन्। यसअघि सत्ता गठबन्धनले भरतपुरमा आमसभा गरिसकेको छ। 

प्रकाशित: २५ वैशाख २०७९ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App