१२ वैशाख २०८२ शुक्रबार
image/svg+xml ७:३७ पूर्वाह्न
समाज

राम मन्दिरमा तीन लाख भक्तद्वारा पूजाअर्चना

रामनवमीका अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा तीन लाभन्दा बढी भक्तले पूजाअर्चजना गरेका छन् ।  

श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार समितिका अनुसार आज बिहान ४ः०० बजेदेखि अपराह्न ३ः३० बजेसम्म तीन लाख भक्तले पूजाअर्चना गरेका हुन् ।

मन्दिरमा बिहानैदेखि भक्ति सङ्गीत कार्यक्रम जारी छ । कार्यक्रममा रमेश पोखरेल, नारायण कोइराला, मनमोहन थपलिया, सङ्गीता प्रधान, रोशा फुयाँललगायत कलाकारले कार्यक्रमलाई निरन्तरता दिनुभएको छ। मन्दिर आज राति ९ः०० बजेसम्म दर्शनको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ९ स्थित बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर विसं १९२८ मा कम्याण्डिङ कर्णेल सनकसिंह टण्डन लाहुरी क्षत्रीले स्थापना गरेको त्यहाँ रहेको शिलालेखमा उल्लेख छ । मन्दिर सञ्चालनका लागि उनले काठमाडौँका विभिन्न स्थानमा ३७३ रोपनी जग्गा गुठी राखेका थिए।  

प्रकाशित: २४ चैत्र २०८१ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App