९ पुस २०८२ बुधबार
image/svg+xml
खेल

दक्षिण एसियाली युथ टेबल टेनिस सुरु

दक्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुन लागेको प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए। पहिलो दिन पुरुष/महिलातर्फ टिम इभेन्टका लिग चरणका खेल भए। नेपालबाट यु–१९ पुरुषमा प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जन तथा महिलामा इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउला  सहभागी छन्।

यु–१५ पुरुषमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य तथा महिलामा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेलिरहेका छन्।

आइतबारसम्म हुने प्रतियोगितामा यु–१९ र यु–१५ उमेरसमूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी कुल १४ स्पर्धा समावेश छन्। प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबल टेनिसको छनोटका रूपमा समेत रहेको आयोजकले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८२ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App