३० चैत्र २०८१ शनिबार
image/svg+xml २०:२८ अपराह्न
कला/संस्कृति

‘नरसिंहाः अवतार’ जापानमा पनि प्रदर्शन हुने

लामो समयको अन्तरालपछि महानायक राजेश हमालले अभिनय गरेको फिल्म ‘नरसिंहाः अवतार’ जापानमा पनि प्रदर्शन हुने भएको छ । 

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको उक्त फिल्मको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेसँगै त्यहाँ प्रदर्शन हुने पक्का भएको हो । निर्माण पक्षले कति रकममा फिल्म जापान अधिकार बिक्री गरेको हो भन्ने बारे भने केही खुलाएको छैन ।  

फिल्म विदेशका धेरै देशमा एकसाथ प्रदर्शन ल्याउने तयारी भइरहेको निर्देशक दिवाकर भट्टराइले बताए ।  

फिल्मको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेसँगै  ‘नरसिंहाः अवतार’ चर्चामा छ ।  

चलचित्रमा राजेश हमालसँगै नीर शाह, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाहीलगायतको अभिनय रहेको छ ।  

फिल्म आगामी जेठ ९ गते प्रदर्शनमा आउँदैछ । 

प्रकाशित: २४ चैत्र २०८१ १६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App