नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थितमा आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको तयारीबारे छलफल गएिको हो ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आजदेखि प्रदेशगत रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको रणनीतिबारे छलफल गरिएको बताए । उनले भने, ‘पार्टीले सातैवटा प्रदेशका संयोजक, प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक सुरु गरिएको छ। सोमबार मधेस, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशको बैठक डाकिएको छ ।’
प्रकाशित: २७ पुस २०८२ २२:१९ आइतबार



-600x400.jpg)

