३१ चैत्र २०८१ आइतबार
image/svg+xml २३:४३ अपराह्न
समाज

उदयपुरमा ३ हजार हेक्टर बढी जङ्गलमा डढेलो

फाइल तस्बिर

सुख्खायाम र गर्मी बढेसँगै उदयपुरमा दर्जनौँ  सामुदायिक वनमा डढेलो लागेको छ। फागुन पहिलो सातादेखि छिटपुट लाग्न थालेको डढेलोले अहिलेसम्म करिब ३ हजार हेक्टरमा डढेलो लागेको छ।

गाईघाट बजारसँग जोडिएकै वन समूहहरू त्रियुगा नगरपालिका ११ को चप्पन महिला समूहमा गत साता डढेलो लाग्दा १५ हेक्टर वन नष्ट भएको छ । त्यस्तै त्रियुगा १० का बाबरी र बरुवा वन समूहमा लागेको डढेलो आज रति मात्र नियन्त्रणमा आएको छ । त्रियुगाकै ६ नं वडाका राजदेवी सामुदायिक वन जलजले, जलजलेकै चुरियामाई, ६ नं कै लालपत्ता र गणेश सामुदायिक वन समूहमा पनि डढेलो लागेकोमा निभाई सकिएको छ ।

उता बेलका नगरपालिका ८ को हात्तीसार सामुदायिक वन समूहमा पनि केही दिन अघि डढेलो लागेर क्षति पुगेको छ। आसपासका २/३ वटा समूहलाई पनि डढेलोले लागेको खबर आएको गाईघाट डिभिजनका डिएफओ रामभगत यादवले बताए। तर अहिलेसम्म लगातार डढेलो लाग्न भने नदिएको उनको भनाइ छ। डढेलो लागेको थाहा पाउने बित्तिकै वन रक्षक, समूह र स्थानीय तहसँग समन्वय गरेर टोली खटाई निभाइहाल्ने गरेको उनले बताए ।

हालसम्म गाईघाट डिभिजन अन्तर्गत त्रियुगा र बेलका नगरभित्रका वन मात्र डढेलोमा परेका छन् । चौडण्डीगढीका कुनै पनि समूहमा अहिलेसम्म डढेलो नलागेको सवडिभिजन वन बेलटारका प्रमुख बाबुराम फुयालफाई उद्धृत गर्दै डिभिजनले जनाएको छ । जम्मा वन क्षेत्र ७४ हजार ४ सय ७८ हेक्टर रहेको गाईघाट डिभिजनमा ४९ हजार २ सय ४४ हेक्टर वन क्षेत्र रहेको छ ।

जसमध्ये हालसम्म १ हजार ४ सय हेक्टर बढी सामुदायिक र सरकारी वन डढेलोले क्षति गरिसकेको छ । अहिलेसम्म डढेलो सहजै निभाउन सफल भएको तर, वर्षा हुने छाँटकाँट नहुनु र सुख्खापन तथा हावाहुरीको याम छिप्पिँदै जानुले अझै डढेलो लाग्ने जोखिम बढिरहेको उनी बताउँछन् ।

डिभिजनका योजना अधिकृत हिरालाल शर्माले कटारी डिभिजनमा अहिलेसम्म २ हजार हेक्टर बढी वन क्षेत्रमा आगो लागेको छ। 

अर्को डिभिजन कार्यालय कटारीमा पनि डढेलो अनियन्त्रित बनेको छ । नियन्त्रण गर्ने काम भइरहेको बताउँदै डिभिजनल वन अधिकृत अनिरुद्र साहले कटारीको मैनाजोर, सुगाजोर, बालुवाटार र  सृङ्गार सामुदायिक वन क्षेत्रमा लागेको आगो भने नियन्त्रणमा आएको बताए । कालीखाडी, सरस्वती र सङ्गमलगायत वन समुदायमा लागेको डढेलो नियन्त्रणको काम भईरहेको उनको भनाइ छ ।

डिभिजनका योजना अधिकृत हिरालाल शर्माले जताततै डढेलो लाग्नाले सामुदायिक र राष्ट्रिय वन नष्ट भईरहेको बताए । उनका अनुसार सामुदायिक वनले चर्चेको ३१ हजार हेक्टरसमेत गरि ७४ हजार १ सय १६ हेक्टर वनक्षेत्र रहेको कटारी डिभिजनमा अहिलेसम्म २ हजार हेक्टर बढी वन सखाप भईसकेको छ ।  

आगो नियन्त्रणमा वन कर्मचारीदेखि समूह, सेना, सशस्त्र र जनपथ प्ररहरीसँग मिलेर निभाउने काम भइरहेको शर्माले बताए । उनका अनुसार आगलागी र डढेलो नियन्त्रण गर्ने विषयमा डिभिजनले एफएम रेडियो, पत्रपत्रिका, माईकिङमार्फत सचेतना प्रचारप्रसार गर्दै आएको छ । त्यसैगरी सेना, प्रहरी र सशस्त्र बललाई आवश्यक तालिम र अग्नि नियन्त्रण गर्ने सामग्री पनि वितरण गरेको उनले बताए ।  

प्रकाशित: २४ चैत्र २०८१ १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App