१३ वैशाख २०८२ शनिबार
image/svg+xml ५:३१ पूर्वाह्न
राजनीति

कीर्तिपुरमा मात्रै होइन, अरु थुप्रै त्यस्ता डाँडाहरूमा दुई-चार लाख कमाउन सकिन्छ : थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइसीटीको क्षेत्रमा थुप्रै काम र कमाइ गर्न सकिने बताएका छन्।

शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले यस्तो बताएका हुन्। 

'हामी अबको ८-१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ। कीर्तिपुरको डाँडामात्रै होइन, त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई/चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ। त्यो पोटेन्सियल हामीसँग छ,' उनले भने।

त्यसका निम्ति धेरै सोच्नुपर्ने र काम गर्नुपर्ने उनले औँल्याएका छन्। 'त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ। हाम्रो सुरुवात भइसक्यो, अलिकति गति बढाउनुपर्नेछ। हाम्रो गति पुगेको छैन। यो हाम्रो लागि एउटा अवसर हो,' उनले भनेका छन्।

यसअघि उनले कीर्तिपुरको डाँडामा बसेर ल्यापटपबाटै चार/पाँच लाख कमाउन सकिने बताएका थिए। त्यसको आलोचना भएको थियो। यसपछि उनले पुन: अभिव्यक्ति दोहोर्‍याएका हुन्।

प्रकाशित: २३ चैत्र २०८१ १७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App