बाक्लो तुवाँलोका कारण भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। दिउँसो सवा ४ बजेपछिका सबै उडान रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
विमानस्थल प्रवक्ता जशोदा सुवेदीका अनुसार तुँवालोले भिजिविलिटी अपुग भएपछि विमानस्थल बन्द भएको हो। विमानस्थल कतिबजे खुल्ने भन्ने यकिन नभएको पनि उनले बताईन। ‘पछिल्लो समय हवाई उडान निकै नै प्रभावित भएको छ। तुँवालोका कारण तोकिएका उडान तोकिएको समयमा हुन सकेका छैनन। यात्रुलाई समस्या परेको छ,’ उनले भनिन।
विमानस्थलका एकजना एयर ट्राफिक कन्ट्रोलरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार बेलुकी ५ बजेको भिजिविलिटी १ हजार मिटरमा झरेको छ। यो हवाई उडानका लागि निकै नै कम हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनका लागि ३७ सय मिटर भिजिविलिटी चाहिन्छ।
पछिल्ला दिनमा बिहानपख भन्दा बेलुकीपखको मौसम अझै बढी बिग्रदो रहेको ती कन्ट्रोलरले बताए। ‘शनिबार बेलुकीदेखि मौसम अझै बढी बिग्रेको छ। उडान हुने सम्भावना निकै नै कम छ। हावा चलेको खण्डमा मात्र भिजिविलिटी पुग्नेछ,’ उनले भने, ‘भिजिविलिटी अपुग छ। उडान रद्द हुने सम्भावना छ। अहिले नै रद्द भईसकेका छैनन।’
प्रकाशित: २४ चैत्र २०८१ १७:२६ आइतबार