बाक्लो तुँवालोले निसासियो पोखरा
पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।
पोखरा खुल्दा देखिने हिमाली श्रृंखला लामो समयदेखि देखिएका छैनन। आसपासका डाँडाकाँडा समेत यो बेला देख्न सकिन्न। खरानीको धुलो र धुँवा बजारमा फैलिएपछि अत्यासलाग्दो अवस्था आएको पोखरेलीको गुनासो छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विगत २४ घण्टादेखि बन्द रहेको छ। बाक्लो तुँवालो हट्न नसकेपछि आइतबार बेलुकी ५ बजेदेखि बन्द रहेको विमानस्थल खुल्न नसकेको हो। विमानस्थल बन्द हुँदा हवाई उडान रद्ध भएका छन्।
पोखरा क्षेत्रलाई तुँवालोले ढाक्न थालेको धेरै नै दिन भयो। त्यसको प्रभाव मानव स्वास्थ्यदेखि आर्थिक गतिविधिमा समेत पर्न थालेको छ। तुँवालोका कारण नागरिकले घरबाहिर निस्कन डराउने अवस्था आएको गुनासो गरेका छन्। तुँवालोका कारण पर्यटकीय गतिविधि प्रभावित भएको पर्यटन क्षेत्रको गुनासो छ।
बाक्लो तुवाँलोका कारण भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। दिउँसो सवा ४ बजेपछिका सबै उडान रोकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।
बाक्लो तुँवालोले घेरिएको पोखरामा हवाई उडानमा अवरोध आउँदा घुम्न आएका र आउन थालेका विदेशी पाहुनाले पाएको व्यावसायीले बताएका छन। पछिल्लो समय पोखरालाई बाक्लो तुँवालोले ढाकेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार पनि संचालनमा आउन सकेको छैन। बाक्लो तुँवालोका कारण भिजिविलिटी नपुगेपछि विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि यात्रुको आउजाउ रोकिएको छ।
बाक्लो तुँवालोले यतिबेला पोखरा क्षेत्र धुम्मिएको छ। तुँवालोले ढाक्दा पोखरा वरिपरिका डाँडाकाँडा र हिमाली चुचुरा देखिन छाडेका छन्। तुँवालोले गर्दा पोखरा क्षेत्रको भिजिविलिटी पनि घटाएको छ। यत्तिमात्र नभई आँखा पोल्ने, नाक पिरो हुने लगायतका समस्या पनि बढ्न थालेको सर्वसाधारणको गुनासो छ।
बाक्लो तुवाँलोले गर्दा पोखरा–काठमाडौं हवाई उडान प्रभावित भएको छ। पोखरामै बास बसेका बुद्धका दुई र यतीको एउटा जहाज बुधबार बिहानै उडेर काठमाडौं गएको बाहेक पोखरामा बाहिरबाट जहाज आउन सकेका छैनन। तुवाँलोले भिजिविलिटी नपुग्दा हवाई उडान प्रभावित भएको हवाई कम्पनिले बताएका छन्।
तुँवालोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एकसाताको अवधिमा मात्र एकसय भन्दा बढी उडान रद्द भएका छन्। ती उडानबाट कम्तिमा १४ हजार (दुइतर्फीं) यात्रुको यात्रा प्रभावित भएको विमानस्थलले बताएको छ। एकदिन मात्र विमानस्थलबाट उडान प्रभावित हुँदा त्यसको मार हवाई कम्पनि, विमानस्थलदेखि पोखराको पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको गुनासो छ।
यतिबेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफुखुसी औषधि किनेर उपयोग गर्ने पनि उत्ति नै रहेको क्लिनिक संचालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार अहिले अधिकांश बिरामी रुघाखोकीका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाटी खसखस ग¥यो भन्ने बिरामी पर्याप्त हुन थालेका छन्।
एकसाता भयो पोखराको मौसम सफा छैन। पोखराको मौसम शनिबार त झनै कमजोर थियो। बाक्लो तुवाँलोले गर्दा पोखरा उकुसमुकुस जस्तो भएको छ। सहर आसपासका डाँडा कतै देखिन्नन। बाक्लो तुवाँलोले गर्दा भिजिविलिटी समेत घटेको छ।
एकसातादेखि पोखराबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको छ। तुँवालोका कारण भिजिविलिटी नपुग्दा विभिन्न गन्तव्यमा हुने उडान प्रभावित भएका हुन्। उडान प्रभावित हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। पछिल्लो एकसातादेखि दिनहुँ आधाजसो उडान रद्द भईरहेका छन।
अघिल्लो हप्ता पाँच दिनसम्म पोखराबाट कुनै पनि गन्तव्यमा हवाई उडान भएन। पाँच दिनपछि जसोतसो खुलेको मौसम पुनः बिग्रँदा सोमबारदेखि हवाई सेवा पुनः प्रभावित भएको छ। तुँवालोले हवाई उडानसँगै यहाँको पर्यटन क्षेत्रमा पनि असर परेको व्यवसायीले बताउन थालेका छन्।
शुक्रबारयता दर्जनौं हवाई उडान रद्द भएका छन्। मंगलबार अन्तर्राष्ट्रियतर्फका दुई र आन्तरिकतर्फका दर्जनौं उडान रद्द भएका छन्। विमानस्थल कार्यालयका अनुसार अफगानिस्तानबाट राष्ट्रसंघीय मिसनको र ढाकाबाट विमान बंगलादेशको जहाज भिजिबिलिटी कम हुँदा नेपाल आउन सकेनन्। मंगलबार १६ सय मिटरसम्म भिजिबिलिटी झरेकाले बढी भिजिबिलिटी चाहिने विमान आउन नसकेको कार्यालयले जनाएको छ।
बाक्लो तुँवालोले पोखरा विमानस्थलबाट हुने हवाई सेवा पुनः प्रभावित भएको छ। झण्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबार खुलेको थियो। सोमबारदेखि पुनः प्रभावित भएको छ।