६ वैशाख २०८१ बिहीबार
राजनीति

जनताको तागत देखाउँछौः ओली

पोखरामा सोमबार चुनावी सभामा बोल्दै एमालै अध्यक्ष केपी शर्मा ओली। तस्बिरः उमेश पुन/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको गठबन्धनलाई निर्वाचन मार्फत जनताको अभिमत र तागत देखाईदिने बताएका छन्। जनताको तागत बैशाख ३० गतेको निर्वाचनपछिको मतपरिणामले देखाउने अध्यक्ष ओलीले बताए।

 ‘वैशाख ३० गते परिणाम  आएपछि को सकियो भन्ने थाहा हुनेछ,’ पोखरामा सोमबार आयोजित चुनावी सभामा बोल्दै ओलीले भने, ‘परमादेशबाट बनेको यो गठबन्धन अलोकन्त्रिक र असंवैधानिक छ।’ जनताको अभिमत, जनताको तागत अब देखाउने उनले बताए। ‘गठबन्धनलाई जनताको बल देखाईदिनुपर्छ,’ उनले भने।  

उनले कांग्रेसले म्यानपावर कम्पनि खोलेको पनि बताए। ‘कांग्रेसले भित्रभित्र म्यानपावर कम्पनी खोल्या होला, त्यही भएर ५/६ जनालाई फ्रि भिसा, फ्रि टिकट दिएर मलेसिया पठाउन थालेको छ,’ उनले भने।  

उनले एमालेले जितेपछि युवालाई शिक्षा, तालिम, रोजगारको अवसर दिने पनि बताए। एमाले भएपछि कसैले केही चिन्ता गर्नु नपर्ने पनि बताए । उनले एमाले अहिले नै विजयी भईसकेको बताए।  

‘बैशाख ३० गते छाप लगाउन मात्र जानुपर्ने छ,’ उनले भने, ‘मत परिणाम नआउँदासमम सुत्ने होइन आँखा समेत झिमिक्क गर्न हुदैन्,’ ओलीले भने। ओलीले एमालेबाट टुक्रिएको एउटा चोइटोलाई पोखरा महानगर जिम्मा लगाउन खोजिएको उनले आरोप लगाए।

प्रकाशित: २६ वैशाख २०७९ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App