४ वैशाख २०८२ बिहीबार
image/svg+xml १४:५३ अपराह्न
शिक्षा

सोमबारदेखि उदयपुरमा शैक्षिक हड्ताल आह्वान

शान्तिपूर्ण शिक्षक आन्दोलनप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासघ, उदयपुरले सोमबारदेखि शैक्षिक हड्ताल आह्वान गरेको छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन जारी शिक्षक आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन महासङ्घले आम शैक्षिक हडताल आह्वान गरेको जनाएको छ ।

चैत २० गतेदेखि काठमाडौ केन्द्रित आन्दोलनरत शिक्षकहरुको मागप्रति यतिका दिनसम्म सरकारले कुनै सुनुवाइ नगरेको प्रतिक्रियास्वरुप आन्दोलन चर्काउन शैक्षिक आमहडताल गर्ने निष्कर्षमा पुगेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

महासङ्घ उदयपुरका अध्यक्ष सुवास विष्टद्वारा जारी विज्ञप्तिमा जारी शिक्षक आन्दोलनलाई निर्णायक बनाउन आम हड्ताल गर्ने निर्णय भएको उल्लेख छ । विज्ञप्तिमा आमहड्तालमा सबै शिक्षक कर्मचारीलाई अनिवार्य सहभागी हुन अपिल पनि गरिएको छ ।

विज्ञप्तिमा जिल्लाभरका शिक्षक तथा कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा र कक्षा ८ को आधारभुत तह परीक्षाको उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुन पनि उर्दी जारी गरिएको छ । साथै आन्दोलनमा ऐक्यबद्धता जनाउन सबै विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालालाई समेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रकाशित: २४ चैत्र २०८१ १९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App