coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
निर्वाचन विशेष

गुलरिया नगरपालिकाका चार वडामा कांग्रेस र एमालेको बराबर जित

गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन्।

गुलरिया नगरपालिका–१ र ४ मा वडा अध्यक्षमा कांग्रेसले जितेको छ भने वडा नम्बर २ र ३ मा एमालेले जितेको छ। गुलरिया नगरपालिका–१ मा कांग्रेसबाट वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका छन्।

महिला सदस्यले १ हजार ३ सय ७३, दलित महिला सदस्यले ३ हजार १ सय २६, खुल्ला सदस्य (१) ले १ हजार २ सय ८६ र खुल्ला सदस्य (२) ले १ हजार २ सय ६४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ। वडानम्बर १ मा ३ हजार ८८ मत खसेको थियो जसमा ९८ मत बदर भएको छ।

गुलरिया नगरपालिका–२ मा एमालेबाट वडा अध्यक्षमा टंकप्रसाद अधिकारीको प्यानल विजयी भएको छ। अधिकारीले ८ सय ५२ मत प्राप्त गरी विजयी भएका छन्। महिला सदस्यले ७ सय ८३, दलित महिला सदस्यले ७ सय ८९, खुल्ला सदस्य (१) ले ७ सय ८३ र खुल्ला सदस्य (२) ले ७ सय ४४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ। वडा नम्बर २ मा २ हजार ५ सय १० मत खसेको थियो जसमा ५७ मत बदर भएको छ।

गुलरिया नगरपालिका–३ माएमालेबाट वडा अध्यक्षमा सर्वजित यादव निर्वाचित भएका छन्। यादवले ७ सय ९७ मत प्राप्त गरी विजयी भएका हुन्। महिला सदस्यले ७ सय ७४, दलित महिला सदस्यले ७ सय ८५, खुल्ला सदस्य (१) ले ७ सय ६५ र खुल्ला सदस्य (२) ले ७ सय १९ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ। वडा नम्बर ३ मा २ हजार ३ सय ९४ मत खसेको थियो जसमा १ सय १५ मत बदर भएको छ।

गुलरिया नगरपालिका–४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा सुरेश गौतम निर्वाचित भएका छन्। निर्वाचित गौतमले १ हजार ४ सय ५३ मत प्राप्त गरी निर्वाचित भएका हुन्। कांग्रेसबाट महिला सदस्यले १ हजार २ सय ३२ र दलितमहिला सदस्यले १ हजार १ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेबाट खुल्ला सदस्य (१) ले १ हजार १ सय ३७ र खुल्ला सदस्य (२) ले १ हजार १ सय २५ मतप्राप्त गरी निर्वाचित भएका छन्।

गुलरिया नगरपालिकाको चार वटा वडाको मतगणना सम्पन्न हुँदा नगर प्रमुख पदमा कांग्रेसले ३ हजार ४ सय ५० र एमाले ३ हजार ७३ मत प्राप्त गरेको छ। एमालेलाई पछि पार्दै कांग्रेसले ३ सय ७७ मतले अग्रता लिएको छ। बाँकी वडाको मतगणना जारी छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App