४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बेड नपाएपछि कुर्सीमा राखेर उपचार

निजी अस्पतालमा भर्ना नपाएका बिरामीलाई सरकारी अस्पतालले भने अस्पतालको प्यासेज र कुर्सीमा राखेर समेत सेवा दिइरहेका छन्। शुक्रराज ट्रपिकल अस्पतालको २२ वटा आईसियूसहित ६० जनाको उपचार गर्ने क्षमता हो। तर यो अस्पतालले दैनिक २०/२५ जना बिरामीको ईमर्जेन्सी कक्षभित्रै उपचार गर्छन्।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

उपचार नपाएरै गयो ज्यान

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताए पनि परियारको उपचार नपाएर मृत्यु भयो। कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशील रहेको प्रधानमन्त्रीले बताएका थिए। तर व्यवहारमा उल्टो भयो।

आफैं बिरामी तर रोकिएन संक्रमितको उपचार

बर्मासहित मेडिकल कलेजमा कार्यरत अन्य थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन्। अस्वस्थ भए पनि ड्युटी निभाउनुलाई डा. बर्मा आफ्नो दायित्व र कर्तव्य सम्झिन्छन्। उनले थपे, ‘अस्पतालले त मलाई बिदामा बस्नुस् भनेको हो, तर मैले यस्तो महामारीको बेलामा बिरामीको उपचार गर्न छाडेर बिदामा बस्न सकिन।’

शैय्या,औषधि र अक्सिजनबिनै उपचार

दोस्रो चरणको कोरोना संक्रमित लहरको चलिरहेको अवस्थामा समन्वय र व्यवस्थापन चुस्त र दुरुस्त हुन सकेको छैन। स्थानीय तह, एनिजिओकर्मी, सुरक्षाकर्मीको दोस्रो चरणको कोराना कहरमा सक्रिय देखिएका छैनन्। अस्पतालमा एम्बुलेन्सको व्यवस्थापन कमजोरी देखिएको छ। कहाँ,कसरी र कतिबेला संक्रमितको उद्धार गर्ने योजना नहुँदा एम्बुलेन्स सेवाबाट संक्रमित लाभान्वित हुन सकेका छैनन्। कोभिड अस्पतालमा अक्सिजन,औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। कोभिड अस्पतालमा अनुगमन फितलो देखिएको छ।

कालोबजारीले घरमै उपचार पनि कठिन

दिल्लीमा मात्र होइन, लखनउ, अलाहबाद, इन्दोर र अन्य सहरमा पनि यही समस्या छ। अस्पतालमा शय्या नपाएपछि बिरामी घरमै उपचार गर्न बाध्य बनेका छन्। तर सबैले यसरी कालोबजारमा चर्काे मूल्य तिरेर अक्सिजनको सिलिन्डर खरिद गर्न सक्दैनन्। शय्या नपाएर अस्पताल परिसरमै धेरैको ज्यान गएको छ।

श्ययाको उपलब्धता र उपचार पाउने भएपछि मात्र बिरामी 'रिफर' गर्न निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको छ।

इँट्टा उद्योगका कामदारलाई बिमा र निःशुल्क उपचार

जिल्लामा ३० भन्दा बढी इँट्टा उद्योग सञ्चालनमा छन्। तीमध्ये चारवटा मात्रै बालश्रममुक्त छन् र तिनले कामदारको बिमा गरिदिएका छन्। धुनीबेसी नगरपालिका वडा नं ६ मा रहेको जालपादेवी इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योग, थाक्रे गाउँपालिका वडा नं ८ मा रहेको यति इट्टा उद्योग र गजुरी गाउँपलिका वडा नं ५ मा रहेको राजधानी इट्टा उद्योगमा बालश्रम मुक्त छ।

इलामका दुर्गाप्रसादको उपचार सुरु

दुर्गाप्रसादलाई मानसिकसहित ढाड, पेट र दाँतको समस्या देखिएको छ। ‘जेल बस्दा यातनाका साथै मानसिक र शारीरिक तनाव बढी भएका कारण डिप्रेसनमा परेजस्तो देखिन्छ,’ डाक्टर कोइरालाले भने, ‘उनमा मानसिक समस्या निकै जटिल बनेको जस्तो छ। शरीरको परीक्षण थालिएको हुँदा सबै रिपोर्ट आएपछि स्वास्थ्यसम्बन्धी समस्या के रहेछ यकिन हुन्छ।

दुर्गाप्रसादको उपचार सुरू

इलामको माई नगरपालिका–१० का ६० वर्षीय दुर्गाप्रसाद तिम्सिनाको विराट शिक्षण अस्पतालमा आइतबारबाट उपचार सुरु भएको छ।

१८ महिने कुपोषित बालिकाले पाइनन् उपचार

कुपोषणको सिकार बनेकी सुमित्रा नेपालीको आर्थिक अभावकै कारण उपचारमा समस्या देखिएको छ। १८ महिनाकी नेपाली तीन महिनादेखि कुपोषणकै कारण थला परेकी छिन्। तर उपचारका लागि परिवारसँग आर्थिक श्रोत अभावकै कारण उपचारमा समस्या भएको हो।

क्षयरोग उपचारमा तगारो, वाग्मती प्रदेशमा सबैभन्दा बढी क्षयरोगी

नेपाल सरकारले क्षयरोग नियन्त्रणमा बर्सेनि करोडौं बजेट खर्च गरे पनि औषधि प्रतिरोधी बिरामीको संख्या बढिरहेको पाइएको छ। विश्व क्षयरोग दिवसको अवसरमा मंगलबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले नेपालमा औषधि प्रतिरोध क्षयरोग नियन्यत्रणमा चुनौती बनिरहेको जनाएको छ।

बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् ।

महिलामा अन्धोपना बढी

नेपालमा आँखा उपचारमा पहुँचको कमीले पुरुषको तुलनामा महिलामा अन्धोपना बढी भएको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गर्न आएका र नआएका महिलामा पुरुषको तुलनामा बढी अन्धोपन भएको अस्पतालको भनाइ छ।

नेपालकै पहिलो श्वासप्रश्वास केन्द्रमा उपचार सुरु

भक्तपुरमा नेपालकै पहिलो र एक मात्र श्वासप्रश्वास केन्द्र सञ्चालनमा ल्याइएको छ। अथक प्रयासपछि नेपालकै पहिलो र एकमात्र श्वासप्रश्वास केन्द्र सञ्चालन गर्न सफल भएको भक्तपुर नगरपालिकाले दाबी गरेको छ। केन्द्रको बिहीबार एक समारोहबीच उद्घाटन गरी उपचार पनि सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्