२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

दुर्गाप्रसादको उपचार सुरू

इलामको माई नगरपालिका–१० का ६० वर्षीय दुर्गाप्रसाद तिम्सिनाको विराट शिक्षण अस्पतालमा आइतबारबाट उपचार सुरु भएको छ।  

तिम्सिना भारतको जेलमा ४० वर्ष जेल जीवन बिताएर फर्किएका हुन्। उनी चैत ८ गते फर्किएसँगै प्रदेश १ सरकारले उनको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो। तिम्सिनाको आइतबारदेखि अस्पतालको मेडिसिन वार्डमा भर्ना गरी उपचार थालिएको छ।  

विराट शिक्षण अस्पतालले तिम्सिनाको सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने जनाएको छ। दुर्गाप्रसादको उपचारमा वरिष्ठ फिजिसियन डाक्टर पुरु कोइराला, वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर शिखा उपाध्याय, दन्त रोग विशेषज्ञ डाक्टर मोना पोखरेललगायतका चिकित्सकको टोली संलग्न रहेको अस्पतालले जनाएको छ।  

डाक्टर कोेइरालाका अनुसार दुर्गाप्रसादलाई मानसिकसहित ढाड, पेट र दाँतको समस्या देखिएको छ। ‘जेल बस्दा यातनाका साथै मानसिक र शारीरिक तनाव बढी भएका कारण ‘डिप्रेशन’मा परे जस्तो देखिन्छ,’ डाक्टर कोइरालाले भने, ‘उनमा मानसिक समस्या निक्कै जटिल बनेको जस्तो छ। त्यसलगायत अन्य विषयका लागि पूरै शरीरको परीक्षण थालिएको हुँदा सबै रिपोर्ट आएपछि स्वास्थ्य सम्बन्धी समस्या के रहेछ एकीन हुन्छ।’

प्रकाशित: २२ चैत्र २०७७ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App