४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाँच हजार धरौटीमा वडाध्यक्ष रिहा

सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा सेवाग्राहीलाई डोरीले बाँधेर कुटपिट गरेको आरोप लागेका जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली धरौटीमा मुक्त भएका छन्।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकिङ प्रणाली झन्झटिलो

सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन्।

प्रदेश १ मा ५ सय ५३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

९ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २१ र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा २सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री उषाकला राईबीच कार्य सम्पादन सम्झौता गरिएको छ। सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रअन्तर्गत पर्ने कामकारबाहीलाई तोकिएको समयमा नै सम्पन्न गरी सामाजिक विकासका प्रादेशिक लक्ष्यहरू हासिल गर्ने योजनसाथ मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीचमा कार्यसम्पादन सम्झौता गरिएको हो।

प्रदेश १ मा ९ सय २२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ सय २२ जनामा कोरोना संक्रमण भएको छ। १ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८५ र १ हजार ६ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ७ सय ७३ जनामा कोरोना संक्रमण

१ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ११ र १ हजार १ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

बालबालिकाका लागि खोप र क्वारेन्टिनको व्यवस्था गर्न निर्देशन

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिले बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था गर्न र बालबालिकामैत्री क्वारेन्टिन निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ।

'यौनिक अल्पसंख्यकको सुरक्षामा सरकार गम्भीर छ'

‘यौनिक अल्पसंख्यकहरु अहिले पनि खुल्न सक्नु भएको छैन, खुलेकाहरु पनि असुरक्षित हुनुहुन्छ,’ बिहीबार यौनिक अल्पसंख्यकहरुसँगको छलफल कार्यक्रमा मन्त्री बुढाक्षेत्रीले भने, ‘तपाईंहरुको सुरक्षा र रोजगारको विषयमा सरकार गम्भीर छ।’

प्रदेश १ मा थपिए ३ सय ५ जना संक्रमित

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा १ सय ५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो

लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षित हुन्छ : मन्त्री राई

प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री एवं ‘व्याण्ड भर्सेज ब्राण्ड’की अभियान्ता उषाकला राईले लोकल रक्सीको औधोगीकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुँजीपति आकर्षक हुने बताएकी छन् ।

जातीय विभेदमा ‘माफी’ र ‘सामाजिक न्याय कक्षा’

हामीकहाँ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ छ। जसमा ‘कैद सजायमा छुट दिन सकिने’ व्यवस्था छ। यसैलाई संशोधन वा सुधार गरेर जातीय विभेदको सजायमा ज्येष्ठ नागरिक (६० वर्ष उमेर पूरा गरेका)को हकमा सर्तसहित छुट दिन सकिने व्यवस्था गर्न सकिन्छ। सर्तसहित भन्नाले पीडितसँग लिखित रूपमा क्षमायाचना गर्ने, केही समय सुधार वा सामाजिक न्याय केन्द्रमा बस्ने भनी बुझ्नुपर्छ।

प्रदेश १ मा थपिए ३ सय ८ संक्रमित

झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेर्हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ज्वालासहित तीन जनालाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गरिने

प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान सुरू गरिएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले जानकारी दिए।

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसादलाई घुलमिल गर्न गाह्रो

‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छ जस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् । तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’

राउटे समुदायमा सिधै राहत वितरण गर्न नपाइने

राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समुदायको बस्तीमा पुगेर राहत वितरण गर्ने कार्यमा रोक लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्