७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश १ मा ५ सय ५३ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ५३जनामा कोरोना संक्रमण भएको छ। ९ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय २१ र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा २सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङमा १ सय ५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरमा ४९, सुन्दरहरैचामा १६, उर्लाबारीमा १५, बेलबारीमा ९, पथरीशनिश्चरेमा ५, ग्रामथानमा ४, मिक्लाजुङ र केराबारीमा २–२, लेटाङ, जहदा र कटहरीमा १–१ जनामा संक्रमण देखिएको छ।

सुनसरीको इटहरीमा ७५, धरानमा ५, बर्जु, रामधुनी, इनरुवा र कोशीगाउँपालिकामा २–२, बराहक्षेत्र, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  झापाको दमकमा ३९, शिवसताक्षीमा १४, विर्तामोडमा ९, भद्रपुरमा ८, मेचीनगर र कमलगाउँपालिकामा ५–५, अर्जुनधारामा ४, बुद्धशान्ति, गौरादह, हल्दिबारी र कनकाईमा १–१ जनामा संक्रमण देखिएको छ।

इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३–३, देउमाई र सुर्योदयमा १–१, धनकुटाको पाख्रिबास, महालक्ष्मी र स्थानीयतह नखुलेका १–१, पाँचथरको फिदिममा २ र फालेलुङमा १ जनामा संक्रमण देखिएको छ। भोजपुरको भोजपुर नगरपालिका, आमचोक र स्थानीयतह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, खोटाङको हलेसी तुवाचुङ र स्थानीयतह नखुलेका १–१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आइतबार ४ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रकाशित: २४ श्रावण २०७८ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App