१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा थपिए ३ सय ८ संक्रमित

प्रदेश १ मा मंगलबार  ३ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार १ सय ९ जनाको पिसीआर परिक्षण गर्दा ३ सय ८ जनामा संक्रमण देखिएको हो।  

झापामा १२४, सुनसरीमा ९४, मोरङमा ५८, धनकुटामा ६, इलाममा ५, उदयपुरमा ३, तेर्हथुम र पाँचथर, ताप्लेजुङ, संखुवासभामा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको विर्तामोडमा ३५, भद्रपुरमा २२, मेचीनगरमा १७, अर्जुनधारामा ११, कनकाइमा १०, शिवसताक्षी र दमकमा ८–८, झापा गाउँपालिका, बुद्धशान्ति र स्थानीय तह नखुलेका ३–३ जना,  हल्दिबारीमा २, बार्हदशी र गौरादहमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ। सुनसरीको धरानमा ७०, इटहरीमा १४, दुहवीमा ४, कोशी हरिनगर, बर्जु, गढी, रामधुनी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरमा ३३, बुढीगंगामा ५, बेलबारी, जहदा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा २–२, केराबारी, सुनबर्षी र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

त्यसैगरि धनकुटाको धनकुटा नगरपालिकामा ३, चौविसे, महालक्ष्मी र स्थानीय तह नखुलेका १–१, इलामको चुलाचुलीमा ३ र सुर्योदयमा २, उदयपुरको चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ। तेर्हथुमको लालीगुराँस र मेन्छेयायममा १–१, पाँचथरमा २, ताप्लेजुङको सिदिङ्वा र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, भोजपुरको पौवादुङ्मामा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६८ हजार ७ सय ९७ पुगेको छ। सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ३४  छ। प्रदेश १ मा मंगलबार  ६ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेमा ३ सय ४ महिला र ३ सय २२ पुरुष छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५७ हजार १ सय ४५ पुगेको छ।

प्रकाशित: ८ असार २०७८ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App