coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

प्रदेश १ मा थपिए ३ सय ५ जना संक्रमित

प्रदेश १ मा शनिबार  ३ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। ८ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा १ सय २५ महिला र १ सय ८० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।  

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा  १ सय ५६, मोरङमा ५९, झापामा ४४, उदयपुरमा १५, पाँचथरमा १४, धनकुटामा ९, इलाममा ४, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको हो। सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४–४, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  

झापाको दमकमा १९, विर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमलगाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २–२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १ जनामा संक्रमण देखिएको छ। धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा ३, शहिलभूमीमा १, इलामको इलाम नगरपालिकामा ४, संखुवासभाको भोटखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार २ सय ५ जना पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६७ रहेको मन्त्रालयले जनाएको छ।  प्रदेश १ मा शनिबार  ३ सय ८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ४१ महिला र १ सय ४२ पुरुष रहेका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३ सय ७८ पुगेको छ।  

प्रकाशित: २६ असार २०७८ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App