४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समितिमा दिपेशको बयान: संस्थाको अध्यक्ष हिरासतमा थाहा पाए, अरु थाहा छैन

सहकारी ठगी प्रकरणमा नाम मुछिएका दिपेश कुमार पुनले कार्यक्रममा अतिथि बनेर गएको बेला सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिवमा राखिदिएको बयान दिएका छन्।

सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा पुनले सहकारीको साधारणसभामा अतिथि बनेर जाँदा थाहा नै नदिई सचिवमा राखेको पुनले आफ्नो बयानमा भनेका छन्।

पुनले बयानमा ६ महिनापछि आफूलाई सो संस्थाको सचिवमा रहेको भन्ने थाहा पाएपछि राजीनामा दिएको पनि बताएका छन्। उनको राजीनामा साधारणसभाबाट अनुमोदन पनि भइसकेको बताएका छन्।

पुनले संस्थाको अध्यक्ष समेत आफू हिरासतमा रहँदा थाहा पाएको बताएका छन्। संस्थाको बारेमा र कारोबारको विषयमा आफूलाई जानकारी नभएको उनले बताएका छन्। 

प्रकाशित: ४ आश्विन २०८१ १५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App