९ आश्विन २०८१ बुधबार
image/svg+xml

'मसँग धेरै विकल्प थिएनन्, कि मैले अस्वस्थ फोहोरी खेलतर्फ जान दिनुपर्थ्यो कि संसद् विघटन गर्नुपर्थ्यो'

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक व्यवस्था नभएकाले संसद् विघटन गर्नुपरेको दाबी गरेका छन्। आफ्नो तीनवर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा धेरैपटक सोचेको समेत बताए। ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका थिए।

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

ओली नेतृत्वको सरकारले तीन वर्षमा गरेका उपलब्धिहरू (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले तीन वर्षको अवधिमा गरेका कामहरुको फेहरिस्त प्रस्तुत गरेका छन्।

धरहरा फागुनसम्म सक्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र सिंहदरबारको पुनर्निर्माण आगामी महिनाभित्रै सक्न गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको पुनर्निर्माण कार्यको निरीक्षण गर्दै आगामी महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री ओलीले सिंहदरबार पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुलाई यथास्वरूपमै कायम राख्न निर्देशन दिएका छन्।

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (फोटो फिचर)

नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा गरेको छ। शुक्रबार ओली समूहले ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि सभा गरेको हो।

लोकतन्त्र जोगाउन सडकमा

‘कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली संविधान मिच्दैमिच्दै अगाडि बढेका छन्। ओलीको एकपछि अर्को अधिनायकवादी चरित्र उदांगो भएको छ, जसले उनी निरंकुश शासक हुन् भन्ने पुष्टि हुन्छ।’

चुनाव आउँदैछ, देशभक्तलाई जनादेश दिनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको ‘अब शाकाहारी आन्दोलनको काम छैन’ भन्ने अभिव्यतिप्रति लक्षित गर्दै उनले आदमखोर आन्दोलन गर्न चाहेको तर नेपालमा अब त्यो सम्भव नभएको बताएका छन्।

‘अदालतका सबै फैसलामा जनताले साथ नदिने’

विश्वभर जनताको भावनाविपरीत अदालतले गरेको फैसला उल्टिएको बताउँदै स्वतन्त्र न्यायपालिकाको गरिमालाई जोगाउनसमेत उनले अनुरोध गरे। उनले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने बताए।

ओलीको चुनावी नारा भ्रममात्र : नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् ।

हस्ताक्षरकर्ताले नै मास्न खोजे संविधान

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा ऐतिहासिक महत्व छ ।

शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनेः प्रम

'सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ', सन्देशमा उनले भनेका छन्, 'हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ। हाम्रा अमर शहीदको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो।'

‘विघटनको परिकल्पना संविधानमा छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको गलत व्याख्या र कमजोर तर्क गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनस्र्थापना हुनुपर्ने जिकिर कानुन व्यवसायीले गरेका छन्। सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसमा बिहीबार कानुन व्यवसायीले यस्तो जिकिर गरेका हुन्।

सबै उस्तै हुन् र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयताको समय उद्वेलित भएको छ । मुलुकको ठूलो तप्कालाई प्रधानमन्त्रीको यो काममा चित्त बुझेको छैन ।

राप्ती पुलमाथि प्रधानमन्त्रीको ‘झुठ’

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देउखुरी सिसहनीयाँमा रहेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्न आईपुगे। ०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो पुल निर्माणको ‘जस’ ४ वर्षपछि ओलीले लिने अवसर जुर्‍यो। पुल उद्घाटन सकिईसकेपछि छोटो मन्तब्य दिएका प्रधानमन्त्री ओलीले कोरोनाको कहरबाट आफ्नो भनाइ सुरु गरे। संगै यहि कोरोना महामारीकै बीचमा आफ्नो नेतृत्वको सरकारले विकासलाई गती दिएको गतिलो उदाहरणको रुपमा यो पुललाई देखाइदिए।

'स्वार्थकाे लागि जे पनि गर्ने कुलंगार, भस्मासुरहरुले छोड्दैमा आन्दोलन कमजोर हुनेवाला छैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निकाल्यौं भन्नु हास्यास्पद भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्