१५ वैशाख २०८१ शनिबार
image/svg+xml
फोटो फिचर

नारायणहिटी अगाडि प्रधानमन्त्रीको सभा (फोटो फिचर)

नेकपा ओली समूहले नारायणहिटी दरबार संग्राहलय अगाडि आमसभा गरेको छ। शुक्रबार ओली समूहले  ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि सभा गरेको हो। सभालाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाल, नेता सत्यनारायण मण्डलले सम्बोधन गरेका छन्।  

सभाका लागि दरबारमार्ग क्षेत्र प्रवेश गर्ने सवारीलाई रोक लगाइएको थियो। सडकका डिभाइडर हटाइएको थियो भने दरबारमार्गको बजार क्षेत्र बन्द थियो।

सभामा बोल्दै ओलीले संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको बताए। उपप्रधानमन्त्री ईश्वार पोखरेलले जनताको फैसला लिन निर्वाचनमा जान पर्ने बताए। गृहमन्त्री रामबहादुर थापाले प्रतिगमनका विरुद्ध फेरि जनता जाग्न पर्ने बेला आएको भनाई राखे।

तस्बिर : दिपेश श्रेष्ठ, मोनिका मल्ल

खुशी 41.5%
दुखी 5.7%
अचम्मित 3.8%
हास्यास्पद 9.4%
क्रोधित 39.6%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App