७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

याङ्वरकलाई सेवाग्राहीको सुझाव,गुनासो सुन्न डेस्कको स्थापनामा जोड

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका सेवाग्राहीले मासिक रुपमा क्षेत्रगत रुपमा सेवाग्राही–जनप्रतिनिधि संवाद अभियान सुरु गर्न गाउँपालिकालाई सुझाव दिएका छन्।

खाँडाचक्र नगरपालिकामा हाकिम खोज्दै सेवाग्राही

बिहिबार साढे एघार बजे तिर जिल्लाको सदरमुकाम समेत रहेको खाँडाचक्र नगरपालिकाको कार्यालयमा एकजना सेवाग्राही पुगे। उनी कार्यालयमा पुग्दा कार्यालयमा कोही कर्मचारी पनि थिएनन्।

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामबारे सेवाग्राहीलाई जानकारी दिन थालेको छ।

चालक अनुमतिपत्र छपाइका लागि ‘मास प्रिन्टर’ खरिद गरिँदै

चालु आर्थिक वर्षमा बजेट विनियोजन भएकाले बोलपत्र आह्वानका लागि प्रक्रिया अघि बढेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले जानकारी दिए। उनले भने, ‘नयाँ उपकरण खरिदका लागि प्रक्रिया भइसकेको छ र अर्को मेसिन आएपछि समस्या समाधान हुनेछ।’

इम्बोस्डको ‘एम्बुस’

सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट लिएपछि त्यसलाई कार्यालय परिसरमै सवारीसाधनमा जडान गर्नुपर्छ। त्यसका लागि पनि सास्ती खेप्नुपर्ने हुन्छ।

इम्बोस्ड नम्बरले सेवाग्राहीलाई दुःख

अबका पाँच सातामा विभागले भनेजस्तै गरी वाग्मती प्रदेशका सबै सवारी साधनमा यो नम्बर लागु हुन सम्भव छैन। सर्वसाधारणलाई सहजै सेवा लिन सक्ने बनाउनुपर्छ। अहिले तोकिएको समयावधि सबैले इम्बोस्ड नम्बर लिन सक्ने बनाउन स्पष्ट कार्ययोजना विभागको तर्फबाट आउनुपर्छ।

वर्षमा १४७ दिन बिदा, सेवाग्राही मारमा

सरकारले सार्वजनिक बिदा कटौती नगरी सातामा दुई दिन बिदा दिन लागेको छ। सरकारको यो निर्णय आज आइतबार (जेठ १) देखि लागु हुँदैछ।

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।

मुक्तिनाथका ग्राहकलाई आगन्तुकमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिजा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाग्राहीलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग सम्झौता गरेको छ।

सेवाग्राहीको तथ्याङ्कको दुरुपयोग गरेको अभियोगमा अमेजनलाई ८८.६६ करोड डलर जरिवाना

अमेजन कम्पनीलाई युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।

पाँच महिनाअघि सेवाग्राहीसँग घूसः ५ महिनापछि पुष्टि, प्रहरी जवान पक्राउ

अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत प्रहरी जवान यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी सेवाग्राहीसँग ६० हजार रुपैयाँ घूस माग गरी लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैनः प्रधानमन्त्री ओली

'यस्तो व्यवस्था सच्याइनुपर्छ, सेवा नदिइ जरिवाना लिन त झन् मिल्दै मिल्दैन, सरकारको कमजोरीमा सेवाग्राहीलाई दण्ड दिनु उचित हुँदैन', प्रधानमन्त्री ओलीले भने। सडक निर्माण गर्दा खानेपानी, विद्युत्, नेपाल टेलिकमलगायत सरोकार भएका निकायसँग समन्वय गरेर काम गर्न पनि उनले निर्देशन दिए।

सात लाख बढीले लाइसेन्सको अनलाइन फारम भरे

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे लाइसेन्सको अनलाइन आवेदन दिनेको संख्या ६/७ लाख पुगिसकेको बताउँछन्। ‘अनलाइनमा २४सै घन्टा आवदेन दिने व्यवस्था मिलाएका छौं, त्यसैले आवेदन दिनेको संख्या अत्यधिक छ,’ उनले भने, ‘आगामी जनवरीसम्मको मिति भरिएको देखिन्छ। तर हामीले सिस्टम रिभ्यू गरेर तोकिएको समयभन्दा अगावै ट्रायल गर्ने प्रयत्न गरिरहेका छौं।’

म्याग्दीको प्रशासन कार्यालयमा सेवाग्राहीलाई सन्तुष्टि कक्ष

मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१, बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भिडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्