५ वैशाख २०८१ बुधबार
अर्थ

सनराइजको सहकारी भिसा कार्ड

सनराइज बैंकले सहकारीका सदस्यलाई लक्ष्य गरेर भिसा डेबिट कार्ड ल्याएको छ।

डिजिटल भुक्तानीमा जोड दिँदै आइरहेका बेला बैंकले सहकारीलाई पनि त्यससँग जोड्न को–ब्रान्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर), आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) सँग सहकार्य गरेको जनाएको छ।

परियोजनाअन्तर्गत पूर्व तयारीअनुरूप को–ब्रान्डेड कार्ड जारी गर्नेबारे भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको र प्राविधिक सेवा प्रदायकको सहकार्यमा स्टिम तयार गरी परीक्षण भइसकेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ पुस २०७८ ०१:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App