२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामबारे सेवाग्राहीलाई जानकारी दिन थालेको छ। यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मको विवरण सार्वजनिक गरेको छ। सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले  स्थानीय प्रशासनले किनारा लगाउने मुद्दाअन्तर्गत अभद्र व्यवहारमा परेको  ४९ मुद्दामध्ये १० फैसला भई ३९ फर्स्योट प्रक्रियाका रहेको बताए। उनले विकास निर्माणमा सहजीकरण, जलविद्युत् आयोजनाको सुरक्षा व्यवस्था, राजमार्ग नियमित सुचारुको अनुगमन लगायत कार्य गर्दै आएको बताए। प्रजिअ प्रकाशचन्द्र अधिकारीले सेवा प्रदायक निकायसँग गुनासो भए तत्काल सूचना दिई सहयोग गर्न सेवाग्राहीसँग आग्रह गरे। रासस  

प्रकाशित: २१ फाल्गुन २०७९ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App